सिभिल होम्सले ठगी गरेको भन्दै सामुहिक उजुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ चैत्र २०७३, सोमबार ०६:१६

ललितपुर । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्सका स्थानीयले सिभिल होम्स प्रालिले आफूहरुलाई ठगेको भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयमा सामुहिक उजुरी दिएका छन् ।

प्रालिद्धारा सुनाकोठीमा निर्मित कोलोनीमा सिभिल होम्स व्यवस्थापनका केही व्यक्तिले गत शुक्रबार पर्खाल फोडेर भित्र पसी सामुदायिक भवन, खानेपानी, साउना स्वीमीङ पोखरी लगायतमा तालाबन्दी गरेर न्यूनतम आधारभुत सेवा लिनबाट बन्चित गरेको भन्दै कोलोनीका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भेला भएका कोलोनीका बासिन्दाले सिभिल होम्स प्रालिले घर किन्दाको बखतमा गरेको लिखित सहमति विपरित खानेपानी समेत बन्द गरेको गुनासो गरे ।

कोलोनि भित्रको सामुदायिक भवन, खानेपानी, स्वीमीङ पुल, साउना लगायतको सुविधा भोग गर्न पाउने सहमति विपरित प्रालि व्यवस्थापनले सबैमा ताला लगाएर ठगी गरेको दावी पीडितले गरेका छन् ।

सुरक्षा गार्ड सहितको व्यवस्था भनेर आवासमा व्यापार गरेको कम्पनीले दुई बर्ष अघि कसैलाई थाहै नदिई सबै संरचना त्यत्तिकै छाडेर भागेको पीडितको दावी छ । आफुहरुले नै मिलेर सबैको व्यवस्थापन गरिरहेका बेला एक्कासी पर्खाल फोडेर सबै संरचनामा तालाबन्दी गरेको गुनासो पीडितको छ । पूर्व प्रतिबद्धता अनुसार कोलोनि भित्र हुनुपर्ने स्कुल, हुलाक लगायतको संरचना पनि अहिलेसम्म निर्माण भएको छैन ।

पीडितको गुनासो बुझ्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सम्पतिमाथिको मुद्धा र स्वामित्वको विषयलाई राज्यको प्रचलित कानुन अनुसार कारवाहीको दायरामा ल्याउने आश्वासन दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१