पूर्वकप्तान महेन्द्रसिंह धोनी बसेको होटलमा आगलागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७३, आईतवार ०८:५४

नयाँ दिल्ली ।  भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्रसिंह धोनी बसेको होटलमा आगलागी भएको छ । भारतको राजधानी दिल्लीस्थित द्वारका क्षेत्रमा रहेको होटलमा आगलागी भएको हो ।

होटलमा धोनीसहित झारखण्डको क्रिकेट टीम बसेको थियो । टीमका सवै खेलाडीको सुरक्षित बाहिर निकालिएको छ । तर, खेलाडीका खेल साम्रागी भने जलेका छन् ।

झारखण्ड टीम बिजय हजारे ट्रफीको सेमिफाइनल खेलका लागि दिल्ली आएको थियो । यो खेल शुक्रवार बंगालका विरुद्ध पालम मैदानमा खेल्ने तय भएको थियो ।

आगलागीका कारण खेल शनिवारका लागि सरेको छ ।

बताइएको छ कि आगलागी शुक्रवार विहान साढे पाँच बजे भएको थियो । करीव दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१