रमेशले मेलिनासँग गाए ‘हजारौंको भिडमा’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७३, शनिबार १८:४५

गायक रमेश बाँनियाको ‘हजारौंको भिडमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका मेलिना राईंले साथ दिएकी छिन् ।

प्रदिप परियारले लेखेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा रमेश स्वयम्ले मोडलिङ गरेका छन् । भिडियोमा रविना मगरले उनलाई साथ दिएकी छिन् । सुन्दर लावतीले निर्देशन गरेको भिडियोमा अन्तरजार्तिय जोडीको प्रेम देख्न सकिन्छ । सुन्दर लावती र अमिर माओले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

रमेशले यसअघि ‘बाध्यता’ नामको पहिलो एल्बम सार्वजनिक गरिसकेका छन् । उनी अब दोश्रो एल्बम निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१