यी हुन् सफल जीवनका १६ सूत्र, जानिराखौं

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०७३, शनिबार ०८:१४

१. जीवन

 जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए, अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्युमा दुनिया रोउन र तिमिले उत्सव मनाउ ।

२. हार नमान्नु

बिच बाटो बाट फर्किएर कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइलाई त्यति नै दुरी पार गर्नुपर्छ जति त्यहाँ पुग्नलाई लाग्छ ।

३. सफलता–असफलता

सफलताले हाम्रो परिचय दुनियासित गराउँछ र असफलताले हामीलाई दुनियाको परिचय गराउँछ ।

४. कठिनाइहरु

जबसम्म तपाइले आफ्नो समस्या एवं कठिनाइहरुको कारण अरुलाई कस्नुहुन्छ तबसम्म तपाईं आफ्नो समस्याहरु र कठिनाइहरुलाई मेटाउन सक्नुहुन्न ।

५. आत्मविश्वास

यदि कुनै चिजलाई दिलसित चाहनुहुन्छ भने पुरै विश्वले तपाइलाई त्यो सित मिलाउन थाल्छ ।

६. असम्भव

यो दुनियामा असम्भव केही पनि छैन हामीले त्यो सब गर्न सक्छौ जुन हामी सोच्दछौं र हामी त्यो सबै सोच्न सक्छौ जुन आजसम्म हामीले सोचेनौं ।

७. गल्तिहरु

यदि तपाईं समय मै आफ्नो गल्ती स्वीकार गर्नुहुन्न भने तब तपाइले एउटा अर्को फेरि गल्ती गर्न पुग्नुहुन्छ , आफ्नो गल्तिबाट तबमात्र सिक्न सक्नुहुन्छ जब तपाईं आफ्नो गल्ती स्वीकार्नु हुन्छ ।

८. शक्ति

ब्रहमाण्डको सारा शक्तिहरु पहिले देखि नै हाम्रो हो, फेरि पनि हामी आफ्नो आँखा मा हात राख्छौ र फेरि रुने गर्छौ यो सोचेर कि कति अन्धकार छ ।

९. मेहनत

हामी चाहयौ भने आफ्नो आतमविश्वास र मेहनतको बलमा आफ्नो भाग्य आफै लेख्न सक्छौं, यदि हामीलाई लेख्न आउँदैन भने परीस्थितिले आफ्नो भाग्य लेखिदिन्छ ।

१०. महानता

महानता कहिक्यै नखस्नुमा होइन बल्की हरेक पटक खसेर उठ्नुमा हुन्छ ।

११. समय

तपाईंले यो भन्न सक्नुहुन्न कि तपार्इंसित समय छैन किनकी तपार्इंसित एक दिनमा त्यति नै समय छ जति समय महान एवं सफल मान्छेहरुसित छ ।

१२. सोच

वर्षातको समयमा सारा पंछीहरुले आश्रयको खोज गर्दछ तर चील बादलहरुको माथी उडेर वर्षातलाई नै Avoid गरिदिन्छ , समस्याहरु Common हुन्छ तर तपार्इंको सोचले यसमा Difference पैदा गर्दछ ।

१३. सपना

सपना त्यो होइन जुन हामी निद्रामा देख्छौ सपना त्यो हो जसले हामीलाई निद्रा आउन दिँदैन ।

१४. विश्वास
विश्वास त्यो शक्ति हो जसबाट निष्पट अँध्यारो दुनिया मा प्रकाश ल्याउन सकिन्छ, विश्वासले ढुङ्गालाई भगवान बनाइदिन सक्छ र अविश्वासले भगवानले बनाएको मान्छेलाई पनि ढुङ्गाको दिल बनाइदिन सक्छ ।

१५. सफलता

टाढादेखि हामीलाई सबै बाटो बन्द देखिन्छ किनकी सफलताको बाटो हाम्रो लागि तबमात्र खुल्दछ जब हामी त्यसको बिल्कुल नजिक पुग्छौं ।

१६. प्रसन्नता

यो कुनै पहिले देखि नै निर्मित चिज होइन यो तपार्इंको कर्मबाट आउँछ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०