कृष्ण लामिछानेको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७३, शुक्रबार १५:३०

काठमाडौं । गोरखाको घ्याल्चोक बेनिघाट र चोभार डाँडामा सुटिङ गरिएको गायक कृष्ण लामिछानेको ‘तिमी राम्रो ढाका चोलीमा’ बोलको गीत सार्वजनिक भएको छ ।
निर्माणधिन बुढीगण्डकी जलविद्युत आयोजना नजिकै केही समयअघि सुटिङ गरिएको उक्त गीतको भिडियोमा सागर, सरिना, प्रकाश र पूर्णिमाले अभिनय गरेका छन् ।
दर्जन बढी गीतमा शब्द तथा लय दिएका लामिछानेको यो गीतमा माया प्रेमका कथा छन् । मायाप्रेम कथामा आधारित उक्त गीतमा कृष्ण लामिछाने र भावना बस्नेतले स्वर दिएका छन् ।
गीतमा शब्द तथा संगीत पनि कृष्ण लामिछानेको नै रहेको छ ।
सागर लामाले निर्देशन गरेको भिडियोलाई एसके डिजिटलमार्फत लामिछानेले आफ्नै युट्युब च्यालनबाट सार्वजनिक गरेका हुन् ।
उनले स्वर दिएको ३ गीतले बजारमा चर्चा पाइसकेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०