सेक्स स्क्यान्डल, अश्लिल भिडियोजस्ता मुद्दामा फसेर बदनाम भए यी १२ बलिउड सेलिब्रिटी हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७३, शुक्रबार ०७:५४

आलिया–वरुण स्टारर फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ ले बक्स अफिसरमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा नायिका श्वेता प्रसाद बसुले पनि काम गरेकी छिन् । उनी फिल्ममा उर्मिलाको भूमिकामा देखिएकी छिन् । श्वेता ती नायिका हुन् जसको सेक्स स्क्यान्डलमा नाम आइसकेको छ । सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेताको नाम सार्वजनिक भएको थियो । दुई महिनासम्म ‘रेस्क्यू होम’ मा बिताएपछि उनी घर फर्किएकी थिइन् । यद्यपी, श्वेतालाई हैदराबादको सेशन कोर्टले यो मुद्दामा क्लिन चिट दिएको थियो ।

श्वेताले ‘मकडी’, ‘इकबाल’, ‘वाह लाइफ हो तो ऐसी’ जस्ता बलिउड फिल्ममा काम गरिन् । त्यसपछि उनले साउथ नायिकाको रुपमा आफ्नो पहिचान बनाइन् । सेक्स र्याकेटमा नाम मुछिएपछि अहिलेसम्म उनको कुनै पनि फिल्म आएको थिएन । यद्यपी, अप्रिल सन् २०१८ मा श्वेताका बवाले उनी चाँडै नै करन जोहरको नयाँ फिल्ममा देखिनेछिन् भनी संकेत दिएका थिए । हुन त बलिउड स्टार्सको सेक्स स्क्यान्डल, बलात्कार र अश्लिल भिडियोजस्ता मुद्दामा फस्नु कुनै नौलो कुरा होइन । योभन्दा पहिले थुप्रै सेलिब्रिटी यस प्रकारको मुद्दामा फसिसकेका छन् ।

साइनी अहुजाः

सन् १९७३ को मे १५ तारिखमा देहरादून, उत्तराखण्डमा जन्मिएका साइनी अहुजामाथि सन् २००९ मा उनकै सहयोगीले बलात्कारको आरोप लगाएकी थिइन् । त्यसपछि उनको करियरमा विराम लागेजस्तै भएको छ । उनका सहयोगीका अनुसार जब साइनीकी श्रीमती शहरमा थिइनन् तब उनले साइनीले आफूलाई बलात्कार गरेको आरोप लगाइन् । यद्यपी, साइनीले यो कुराको लगातार खण्डन गरिरहने तर डीएनए परिक्षणपश्चात् बलात्कार पुष्टि भएको थियो । त्यसपछि साइनी करिब तीन महिना जेलमा बसे । त्यसपछि उनलाई ५० हजारको नीजि मुचुल्कामा रिहा गरियो । सन् २०११ मा उनलाई सात वर्षको जेल सजायँ पनि तोकिदिएको छ जसविरुद्ध साइनीले सर्वोच्च अदालतमा अपिल गरे । यो मुद्दा अहिले अदालतमा छ ।

अहिलेसम्म सफल कमब्याक हुन सकेनः

– बलात्कारको आरोप लागेपछि साइनीको एक फिल्म ‘गोस्ट’ सन् २०१२ मा रिलिज भयो जुन फ्लप भयो । त्यसपछि सन् २०१५ मा फिल्म ‘वेलकम ब्याक’ पनि उनले क्यामियो गरे । यो फिल्म हिट त भयो तर यसले साइनीलाई कुनै फाइदा भने दिलाएन ।

सन् २००३ मा गरेका थिए बलिउडमा डेब्यूः

साइनीले सन् २००३ मा ‘हजारों ख्वाहिशें ऐसी’ बाट बलिउडमा डेब्यु गरेका थिए । जसका लागि उनले फिल्मफेयरको बेस्ट डेब्यू अवार्ड पनि पाएका थिए । त्यसपछि उनले ‘ग्याङ्गस्टर’, ‘वो लम्हे’, लाइफ इन अ मेट्रो’ र ‘भूल भुलैया’ जस्तो हिट फिल्ममा काम गरे ।

आदित्य पंचोलीः घरकी सहयोगीलाई बलात्कारको आरोपमा गुमाए प्रेमिका

आदित्य पंचोली विवादले घेरिएका व्यक्तित्व हुन् । उनीमाथि आफ्नै घरकी सहयोगीमाथि बलात्कार गरेको आरोप लाग्यो । त्यतिबेला आदित्य र पूजा बेदी सम्बन्धमा थिए र आदित्यको यस्तै व्यवहारका कारण पूजाले उनीसँगको सम्बन्ध समाप्त गरिदिइन् । यो कुरा पूजाले एक अन्तर्वार्तमा खुलासा गरेकी हुन् ।

अमन वर्माको स्टिंगः

‘इंडियाज मोस्ट वान्टेड’ को स्टिंग अपरेशनमा टेलिभिजन र फिल्म अभिनेता अमन वर्मा पनि एक महिलालाई यौनहिंसा गरिरहेको भेटिए । अमन बर्माले त्यतिबेला आफूमाथि लागेको कास्टिङ काउचको आरोपलाई अस्विकार गरे र यसमा उनले बलिउडका विभिन्न सेलिब्रिटीको समर्थन पनि पाए । यसमा सलमान खान पनि उनको बचाउमा समावेश भए तर भिडियोमा उनले स्पष्ट रुपमा एक युवतीलाई यौन हिंसा गरिरहेको देख्न सकिन्थ्यो । यो विवादले पनि निकै चर्चा पाएको थियो ।

अश्मित पटेर रिया सेन एमएमएस काण्डमा फसेका थिएः

अश्मिल पटेल र रिसा सेनको एमएमएस एकपटक निकै भाइरल भएको थियो । उक्त एमएमएसमा यी दुबै निकै नजिक देखिएका थिए । दुबैको यो एमएमएस उनीहरुको फिल्म  ‘सिलसिले’ को रिलिजको केही दिन पहिले सार्वजनिक भएको थियो जसका कारण दुबैले यसलाई फिल्मको अंश भनेर यसलाई अफवाहको संज्ञा बताए । तर दुबैको यो एमएमएसका कारण ठूलै बदनामी भयो ।

ममता कुलकर्णीः राजकुमार संतोषीमाथि लगाएकी थिइन् आरोप

ममता कुलकर्णीले राजकुमार संतोषीमा आफ्नो स्थानको फाइदा उठाएर उनीमाथि यौनहिंसा गरेको आरोप लगाइन् । ममताको यो आरोपले फिल्म क्षेत्र र मिडियामा निकै खैलाबैला मच्चाएको थियो र बलिउडमा कास्टिङ काउचको वास्तविकता उजागर गर्यो । ममताको यो आरोपपछि राजकुमार संतोषीले उनलाई कहिले पनि फिल्ममा अभिनय गराएनन् । संयोगले यो स्क्यान्डलपछि ममताको करियर राम्रोसँग चल्न सकेन ।

इन्दर कुमारः बलात्कारको आरोप लगोपछि पर्दाबाट गायबः

इन्दर कुमारमाथि सन् २०१४ को अप्रिलमा एक महिलाले बलात्कारको आरोप लगाइन् । सलमानका विशेष साथी मानिने यी नायकलाई पक्राउ पनि गरियो । यद्यपी, सन् २०१४ को जून महिनामा उनले जमानत पनि पाए । इन्दर सन् २००९ सम्म फिल्ममा निकै सक्रिय थिए । सलमानसँग उनले ‘वान्टेड’ मा काम गरेका थिए ।

तब्बूकी बहिनीले ज्याकी श्रोपमाथि लगाइन् आरोपः

ज्याकी श्रोफ बलिउडका ती स्टारमा गनिन्छन् जो विवादबाट टाढा रहन्छन् तर ८० को दशकमा तब्बूकी बहिनी फराहले ज्याकी श्रोफमाथि यौनहिंसाको आरोप लगाएर सबैलाई चकित बनाइदिए । ज्याकीले यो आरोपपश्चात् निकै समस्या झेल्नुपर्यो । फरहाले एक आउटडोर सुटिङको क्रममा ज्याकीमाथि शारिरिक शोषणको आरोप लगाएकी थिइन् ।

गायक अंकित अधिकारी पनि गइसकेका छन् जेलः

‘आशिकी –टु’ को चर्चित गीत ‘सुन रहा हे ना तु’ गीतबाट चर्चा कमाएका गायक अंकित तिवारी र उनका भाइलाई मुम्बईको वर्सोवा पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको थियो । उनलाई यस्तो आरोप उनकी महिला साथीले लगाएकी थिइन् । अंकितमाथि धोका, बलात्कार र धम्की दिएको आरोपमा मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अहिले पनि अदालतमा सुनुवाई भइरहेको छ ।

शो म्यानमाथि पनि लाग्यो दागः

९० को दशकमा सुभाष घईमाथि नायिका मनिषा कोइरालाकी आमाले यौनहिंसाको आरोप लगाइन् । यो खबर बलिउडको हट टपिक बनेको थियो । यद्यपी, मनिषाले कहिले पनि यस विषयमा केही कुरा गरेकी छैनन् र यो स्क्यान्डलपछि मनिषा र सुभाष घईलाई सँगै काम गरेको देखिएको छैन ।

शक्ति कपूरको स्टिंगमा भयो कास्टिङ काउचको खुलासाः

सन् २००५ मा बलिउडका रिल लाइफका भिलेन शक्ति कपूर वास्तविक जीवनमा पनि भिलेनको रुपमा देखिए । वास्तवमा, एक स्टिंग अपरेशनमा शक्ति कपूरले फिल्ममा रोल दिलाउने लोभमा एक महिलालाई यौनहिंसा गरिरहेको दृश्य क्यामरामा कैद गरिएको थियो । यसले खुब चर्चा बटुलेको थियो ।

इरफानले पनि झेले यस्तो दागः

बलिउडमा निकै क्षमतावान नायक इरफान खानमाथि पनि उनकै सहकर्मीले यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । अभिनेत्री ममता पटेलले फिल्म ‘पान सिंह तोमर’ को आउटडोर सुटिङको क्रममा इरफानले उनलाई बलिउडमा काम दिलाउने लोभमा उनको शोषण गरेको आरोप लगाएकी थिइन् ।

हाई प्रोफाइल सेक्स र्याकेटमा पक्राउ परिन् श्रावणीः

तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ को अक्टोबर ३ तारिखमा मधापुरमा रंगेहात पक्राउ गरिएको थियो । यतिमात्र होइन, जयराज स्टिलका मालिक संजन कुमार गोयनकालाई पनि पक्राउ गरिएको थियो । पुलिसले घटनास्थलबाट २ लाख रुपैयाँ नगद पनि बरामद गरेका थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१