महिलाको कपाल विश्व रेकर्डमा दर्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७३, शुक्रबार ०७:२८

लामो कपाल महिलाको सुन्दरतालाई थप बढाउने काम गर्दछ । धेरैजसो महिलालाई लामो र बाक्लो कपाल मनपर्छ । यस्तोमा आज हामी तपाईंलाई यस्तो महिला बारे जानकारी दिँदै छौं जसको कपालको लम्बाई सुन्दा चकित हुनुहुनेछ तपाईं । यो महिलाको कपाल विश्व रेकर्डमा दर्ता छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने आशा मण्डेलाको कपाल ५५ फिट लामो छ र कपालको तौल २० किलोग्राम छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला कि एक पटक नुहाउनका लागि उनलाई ६ बोतल स्याम्पु लाग्छ । कपाल सुक्न दुई दिनको समय लाग्छ ।

यी महिलाको एक महिनाको कमाई ९३ डलर बताइन्छ । कपाल अत्यधिक लामो भएकाले उनले पछिल्लो २५ वर्षदेखि कपाल कोरेकी छैनन् ।

उनको कपालका कारण उनलाई कसैले पनि विवाह गर्न चाहँदैनथे तर एक दिन हेयर ड्रेसर इमानुएल शेगको नजर उनीमाथि पर्यो र उनले आशालाई विवाहको प्रस्ताव राखे । यी दुई अहिले वैवाहिक बन्धनमा बाँधिएका छन् ।

कपालको लम्बाईका कारण आशाको पिठ्युँ र गर्धनमा पिडा हुन्छ र डाक्टरले उनलाई कपाल काट्नका लागि सल्लाह दिएका छन् तर आशा आफ्नो कपाललाई कहिले काट्न चाहन्नन् किनभने यो नै उनको पहिचान र कमाईको माध्यम भएको बताउँछिन् ।

आशाले हेयर प्रोडक्ट र एक्सेसरिजको विज्ञापन पनि गर्छिन् जसमार्फत उनले लाखौं डलर वार्षीक कमाई गर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१