पाटा नेपालद्धारा युथ ट्यालेन्ट क्वेस्ट २०१७ आरम्भ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०७३, बिहीबार ०७:१३

काठमाडौँ ।   प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा “पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७” सुरु गरेको छ । उक्त अभियान विद्यार्थीहरुका लागि आफ्नो योग्यता, क्षमता र सिप प्रश्तुत गरी महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्न एक उपयुक्त माध्यमको रुपमा लिईएको छ ।

उक्त अभियान अन्र्तगत “पब्लिक स्पिकिङ्ग” शिर्षकको पहिलो प्रतियोगिता आज काठमाण्डौको मण्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ र आईएसटिबाट १५ जना बिद्यार्थीहरुले भाग लिएका थिए । सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा पेरिश्मा शर्मा विजयी भएकी छिन् । विजेताले पुरुस्कार स्वरुप आगामी मे १८–२१ मा श्रीलङ्कामा आयोजना हुने पाटा एनुअल समिट् २०१७ मा पाटा नेपालको सौजन्यमा सहभागि हुने अवसर प्राप्त गरेकी छिन् ।
कार्यक्रमको उद्घाटनमा पाटाका अध्यक्ष श्री सुमन पाण्डेले स्वागत मन्तब्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सिप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघि सारेको बताउनुभयो ।
सो कार्यक्रममा संस्कृती पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयका पूर्व–सचिव श्री दिपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपु प्राचार्य श्री उज्वल सत्याल र भोग एड् एण्ड ईभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रभात रिमाल ज्यूले निर्णायक मण्डलको भुमिका निर्वाह गर्नु भएको थियो ।
निर्णायक मण्डलका तर्फबाट बोल्दै श्री दिपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउदै नेपाललाई अन्य गन्तब्यहरुसंगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तब्यको रुपमा प्रर्वद्धन गर्नुपर्ने खाँचो रहेको औल्याउनुभयो ।
यस अभियान अन्र्तगत पब्लिक स्पिकिङ्ग, कन्टेन्ट राइटिङ्ग, टुरीजम प्रोजेक्ट डेभलपमेन्ट, ट्ेक फर टुरीजम् र प्रोमो भिडियो गरी विभिन्न ५ वटा विधाहरुमा अन्तर कलेज प्रतियोगिताहरु संञ्चालन गरीने पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०