मलेसियाका अबैधानिक बिदेशी कामदार ४ सय रिंगेट तिरेर स्वदेश फर्किन पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७१, आईतवार ०५:२४

मलेसिया – मलेसियामा रहेका अबैधानिक बिदेशी श्रमिक ४ सय रिंगेट जरिवाना तिरेर स्वदेश फर्किन पाउने भएका छन् । हाल मलेसियाले अबैध बसाईको अबधिअनुसार २ देखि ३ हजार रिंगेटसम्म जरिवाना लिने गरेकोमा त्यसलाई घटाएर ४ सय रिंगेटमा झारिएको हो । जरिवाना रकम महंगो भएपछि धेरैजसो अबैध कामदार त्यसप्रति आर्कषिर्त नभएको ठहर गर्दै मलेसिया सरकारले जरिवाना रकममा भारी कटौती गरेको हो ।get_img मलेसियाका गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका दैनिक पत्रिका स्टारले जनाएअनुसार यो योजनाअनुसार करिव २ लाख इन्डोनेसियन अबैध कामदारलाई स्वदेश पठाउन लागिएको जनाएको छ । गृहमन्त्री अहमद जाहिद हमिदिले भने- ‘अफर अन्र्तगत सवै बिदेशी कामदार घर फर्किन पाउनेछन, अहिले इद उल फित्रको अबसर पारेर इन्डोनेसियन कामदारलाई घर फिर्तिका लागि प्रोत्साहन गरिएको छ ।’ जुलाई १८देखि सुरु भएको अफर डिसेम्बर ३१ सम्म जारी रहने छ । गृहमन्त्री हमिदिले यसलाई ‘सुनौलो अबसर’ भन्दै सवै अबैध आप्रवासी कामदारलाई यसको सदुपयोग गर्न आह्वान गरेका छन् । यो अफरबाट मलेसियामा रहेका अबैध नेपाली कामदार पनि लाभान्वित हुनेछन् । मलेसियामा करिव ८ लाख नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरिएको छ जसमध्ये अझै हजारौंको संख्यामा अबैध रहेको अनुमान छ । सन् २०११ यता मलेसिया सरकारले पटकपटक अबैध कामदारलाई आममाफी प्रकृया अन्र्तगत घर फर्किने अबसर प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१