मौसममा आएको परिवर्तनसँगै यसरी गराैं छालाको सुरक्षा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७३, बुधबार १५:००

कतिपय व्यक्तिको शरीर ज्यादै संवेदनशील हुन्छ । जसले गर्दा गर्मी समयमा घामले पोल्ने तथा चिसो मौसममा सुक्खा हुने हुन्छ । मौसममा आएको परिवर्तनसँगै शरीरले आफूलाई परिवर्तन गर्न नसक्दा यस्तो समस्या देखिने हुन्छ । त्यसैले पनि मौसमअनुसार शरीर तथा छालाको सुरक्षाका लागि सुरक्षित तथा राम्रो साबुन वा मोस्चराइजरको प्रयोग गर्न सकिन्छ । मौसम परिवर्तन हुँदै गर्दा छालाको सुरक्षा गर्न केही सामान्य उपाय मात्र अवलम्बन गर्न सकिएमा पनि धेरै फाइदा हुन्छ ।

—मौसम परिवर्तन हुँदै गरेको अहिलेको जस्तो समयमा नुहाउँदा तथा हातखुट्टा धुँदा प्रयोग गरिने साबुनमा पर्याप्त मात्रामा मिनरल आइरन या ग्लिसरिन भएको हुनुपर्छ । यस्तो साबुन पाउन नसके मिनरल आयल भएको बडीलोसन नुहाएपछि लगाउँदा पनि छालालाई नरम राख्छ ।

—यो मौसममा नुहाएपछि शरीर पुछ्ने क्रममा पनि विचार पुर्‍याउनुपर्छ । नुहाएपछि शरीरमा रहेको सम्पूर्ण पानी सुक्खा हुने गरी तौलियाले सफा गर्ने हाम्रो बानी हुन्छ । यस्तो बानीले शरीर सुक्खा भई समस्या हुन सक्छ । त्यसैले शरीरलाई पूरै सुक्खा हुन नदिई हल्का तरिकाले तौलियाले सफा गर्नुपर्छ । यसो गर्नाले शरीरमा नरमपन कायम रहन्छ ।

—हामी धेरैले त्यति वास्ता गरेका हुदैनौँ कि शरीरका विभिन्न भागमा छालाको मोटाइ पनि फरक–फरक हुन्छ । यस्तोमा छालाको उपचार गर्ने तरिका पनि फरक–फरक नै हुन्छ । शरीरका अन्य भागभन्दा हात र खुट्टाबाट तेल कम उत्पन्न हुन्छ । त्यसैले यी अंगमा मोस्चराइजर आयल धेरै लगाइराख्नुपर्ने आवश्यकता हुँदैन ।

—त्यसो त चिसो मौसम करिब अन्तिम समयमा आइसकेको छ । तर, यो समयमा पनि पैताला तथा कुर्कुच्चा सुक्खा हुने गर्छ । त्यसैले यसलाई नरम बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक भाग मिनरल आयलको साथमा दुई भाग ग्लिसरिन मिसाएर बनाएको पेस्ट लगाएर रातभर राख्नुपर्छ । यसले पैतालाको छाला नरम तथा आकर्षक बनाउँछ ।

—१२ वर्षभन्दा कम उमेरका बच्चा र ५५ वर्षभन्दा बढी उमेरका व्यक्तिको छाला स्वस्थ राख्न मोस्चराइजको आवश्यकता बढी हुन्छ । यो उमेरमा शरीरले हर्मोन उत्पादन गर्न सक्दैन । जसले गर्दा शरीर सुक्खा भइरहन्छ । त्यसैले शरीर नरम बनाइराख्न नियमित मोस्चराइजर गर्नु आवश्यक हुन्छ । सबी श्रेष्ठ ब्युटिसियन, नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०