युभेन्ट्सले १२ खेलमा जित र ९ बराबरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७३, बुधबार ०७:२२

इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोर्चुगिज च्याम्पियन पोर्टोलाई आफ्नो घरेलु मैदानमा १–० ले पराजित गर्ने क्रममा युभेन्ट्स क्वाटरफाइनल प्रवेश गरेको हो।

पोर्टोले ४० मिनेटमा म्याक्सी परेरालाई रातो कार्डका कारण गुमाएको थियो। उनले डिबक्सभित्र युभेन्ट्सको कर्नरलाई असावधानीवस हातले रोकेका थिए। त्यतिबेला डिबक्समा गोन्जालो हिग्विन थिए। म्याक्सी यही घटनामा रातो कार्ड खाएर मैदानबाट बाहिरिन बाध्य भए। युभेन्ट्सले भने पेनाल्टीको अवसर प्राप्त गर्यो।

युभेन्ट्सको घरेलु मैदानमा युरोपेली प्रतियोगितामा यो २१ खेलको अपराजित यात्रा थियो। आफ्नो घरमा युभेन्ट्सले १२ खेलमा जित र ९ बराबरी खेलेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०