भूतको डरले राष्ट्रपति सरकारी निवासबाट सरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७३, बुधबार ०६:५३

ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ब्यूटी क्वीन पत्नी ३३ वर्षीया मार्सेला सरकारी निवासबाट सरेका छन् ।

कारण अनौठो छ ।खराब आत्मा र भुतप्रेतको हवाला दिँदै उनीहरुले ब्राजिल्लामा अवस्थित सरकारी निवास अल्भोरादा प्यालेस छाडेका हुन् ।

राष्ट्रपति टिमरले यो आलिसान भवन आफैंमा डरलाग्दो रहेको दावी गरे । ‘मैले यहाँ केही अनौठो महसुस गरेको छ । पहिलो रातदेखि नै म यहाँ राम्रोसँग निदाउन सकिन । यहाँ सकारात्मक उर्जा छैन ।’

पत्नी मार्सेलाले पनि उस्तै अनुभव गरेको टिमरले बताए । ७ वषर्ीय छोरो मिचेल्जिन्होलाई मात्र घर मन परेको उनको भनाइ थियो ।

‘हामी सोच्न थाल्यौं, के यहाँ भुत हुन सक्छ ?’ ब्राजिलको समाचारपत्र भेजालाई दिएको अन्तरवार्तामा उने भने ।

आर्किटेक्ट ओस्कार निमेयरले डिजाइन गरेको अल्भोरादा प्यालेसमा एउटा स्वीमिङ पुल, फुटबल मैदान, गिर्जाघर, स्वास्थ्य केन्द्र र खुला चौर छन् ।

अर्को अखबार ग्लोबोका अनुसार मार्सेलाले दरबारभित्र रहेका खराब आत्माहरुलाई लखेट्नका लागि एक पुजारीलाई खटाएकी थिइन् तर, त्यसबाट समस्या समाधान भएन ।

राष्ट्रपति निवास छाडेर टिमर दम्पत्ति नजिकै रहेको अलिक सानो तर, सुविधासम्पन्न जाबुरु प्यालेसमा सरेका छन् । गत वर्ष उपराष्ट्रपति पदमा बहाल रहँदा यो उनको निवास थियो ।

तत्कालिन राष्ट्रपति डिल्मा रोउसेफमाथि बजेट एकाउन्टिङ कानून तोडेको आरोपमा महाअभियोग लगाइएपछि टिमर राष्ट्रपति बनेका थिए । अहिले उपराष्ट्रपति पदमा कोही पनि नरहेकाले सो निवास खाली थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०