मिडिया नेपालले प्रथम वार्षिकोत्सव भब्यताको साथ राजधानीमा मनाउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७३, सोमबार १८:३१

काठमाडौं  । मिडिया नेपाल भोलि देखि  एक  वर्ष पूरा गरी दोश्रो  वर्ष प्रवेश गरेको छ । नेपालको मिडियाहरुको बिच अग्रणी  रुपमा स्थापित मिडिया नेपालले  राजधानीमा प्रथम  वार्षिकोत्सव मनाउदै छ ।
यसै अवसरमा भोलि  आयोजित विशेष समारोहको प्रमुख अतिथि उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले   केक काटेर  वार्षिकोत्सव भब्यताको साथ इन्द्रेणी फुडल्याण्ड मनाउने मिडिया नेपालका केन्द्रीय सचिब मुकुन्द ढुंगानाले बताए ।

समारोहमा सबै मिडिया संग आबद्ध संघसस्थाका प्रमुखहरुको उपस्थिति रहने छ  । एक बर्ष आगाडी  गोपाल पौड्यालको अध्यक्षतामा २५ सदस्यीय पत्रकारहरुको संगठन ‘मिडिया नेपाल’ घोषणा गरिएको थियो  ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु सम्मिलित सो संगठनमा ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना सचिव, एक जना कोषाध्यक्ष तथा एक दर्जन सदस्यहरु रहेका छन् ।

पाँच विकास क्षेत्र र एक काठमाडौं उपत्यकाका सहित गरी ६ जना उपाध्यक्ष घोषणा गरिएको हो । काठमाडौं उपत्यकाबाट रेशमराज पौडेललाई उपाध्यक्ष बनाइएको छ । महासचिवको जिम्मेवारी कृष्ण तिमल्सिनालाई दिइएको छ भने सचिवमा टेकराज शाही र मुकुन्द ढुङ्गना रहेका छन् । कोषाध्यक्ष भने ध्रुव बस्नेत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१