ग्यास्ट्रोनोमिमोडन फुड फेस्टीबल सम्पन्न पोलेको मःम खान ग्राहकको भिड ( फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७३, सोमबार ०६:४४

काठमाडौं । रंगहरुको पर्व होलीलाई लक्षीतगदै हस्पीटालीटी फाउन्डेसन अफ नेपालद्धारा आयोजीत “ग्यास्ट्रोनोमिमोडन फुड फेस्टीबल सम्पन्न भएको छ ।
काठमाडौंको सामाखुसी स्थीत सम्राट गार्डेन्ट रेष्टुरेन्टमा फागुन २७ देखि चलेको खानामहोत्सबआज साँझ देखि समापनगरिएको हस्पीटालीटी फाउन्डेसन अफ नेपालकाअध्यक्ष महेश ढकालले जानकारी दिनुभयो । तिनदिन सम्मचलेको खानामहोत्सबमादुई लाखपचास हजार भन्दा बढीको व्यापार भएको सम्राट गार्डेन रेष्टुरेन्टका सञ्चालक तेजकुमार श्रेष्ठ (राजीब)ले जानकारी दिनुभयो । नेपालमानै पहिलोपटक उपलव्धभएको पोलेको मःम र लेकालीचिकेन खानको लागि टाढा टाढा देखि ग्राहकहरु सामाखुसी पुगेको सञ्चालकश्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो खानामहोत्सबबारेको समाचार प्रकाशन भएपछि कयौ ग्राहकहरु खोज्दै खोज्दै रेष्टुरेन्ट पुग्नुभयो व्यापार भन्दापनिहामीप्रतिग्राहकले देखाउनुभएको सदभाबले हामीनिकै उत्साहीतभएका छौं ।
खानामहोत्सबमापोलेको मःम, लेकालीचिकेन, तिलसिन्का, ढिडो र नेपाली परिकारहरु संगै नेपाली र बिदेशीपाहुनाहरु रमाएकाथिए ।
खानामहोत्सब समापनकार्यक्रममा सेफ एशोसिएसनकापुर्व अध्यक्षश्रीकृष्ण लामा, सेफ एशोसिएसनकामहासचिबश्रीरामअधिकारी, हस्पीटालीली फाउन्डेसनकाअध्यक्ष महेशराज ढकाल तथाप्रबन्धनिर्देशक राजु भट्ट, पत्रकार रबिन थपलिया, सम्राट गार्डेन रेष्टुरेन्टका सञ्चालक सेफ मनिकुमार राई, चर्चीत नेपाली सेफहरु बासु सत्याल, भक्तबहादुर गुरुङ, बेकरी सेफ हरीबहादुर बानीयाँ, स्नेहा मिडीयाका सुरेशचन्द्र बस्नेत लगायतको उपस्थीति रहेको थियो । खानामहोत्सबको समापनको क्रममाअन्तराष्ट्रिय अवार्ड बिजेता नेपाली सेफ महेशराज ढकालले नेपालमानै पहिलोपटक चार्ट मःमको लन्च समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१