काठमाडौंमा विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७३, आईतवार ०८:००

काठमाडौं ।  काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।

काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भने, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।

सामुदायिकभन्दा निजीमा समस्या

काठमाडौंमा दुई सय ४५ सामुदायिक र आठ सय आठ निजी विद्यालय छन् । ८५ विद्यालयमा सय पनि विद्यार्थी छैनन् । काठमाडौंका आठ विद्यालयमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

निजी विद्यालय सामुदायिकभन्दा बढी समस्याग्रस्त छन् । सयभन्दा कम विद्यार्थी हुने विद्यालय संख्या एक सय ८० छ । काठमाडौंका १९ निजी विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१