नेपाल केन्यासँग घरेलु मैदानमै पाँच विकेट पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७३, शनिबार १९:५१

काठमाडौं  । आइसीसी विश्व लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल केन्यासँग घरेलु मैदानमै पाँच विकेट पराजित भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको हो । पानी परेपछि २६ ओभरमा छोट्टाइएको खेलमा केन्याले पाएको ९४ रनको विजयी लक्ष्य २४।१ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।
वर्षाका कारण बीचमै खेल रोकिएपछि ३८ ओभरको खेल डिएल मेथडका आधारमा फेरि २९ ओभरमा छोट्याइएको थियो । तर, केन्या जवाफी व्याटिङमा उत्रिएका बेला पानी परेपछि खेल २६ ओभरमा छोट्याइएको थियो । नेपालले ३६ ओभर ८ विकेट गुमाएर ११२ रन बनाउँदा पुनः वर्षाभएपछि खेल २९ ओभरमा छोट्याइएको थियो । त्यसपछि केन्याले २९ ओभरमा १०४ रनको विजयी लक्ष्य पाएको थियो।तर, पछि फेरि पानी परेपछि केन्याले २६ ओभरमा ९४ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रन तथा केन्याविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए। शक्ति गौचन १८ र सोमपाल कामी १५ रनमा अविजित रहे। गौचन र कामीले ३० रनको साभेदारी गरे ।

ओपनर सुनिल धमला ३ रनमा पभिलियन फर्किँदा सागर पुन १० रनमा आउट भए। यसैगरी बसन्त रेग्भीले ६, विनोद भण्डारीले ४, शरद भेष्वाकरले ३ र मेहबुब आलमले २ रन जोडेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१