नेपाली भूमिमा पसेर नेपालीमाथि गोली हानी हत्या गरेको प्रति राष्ट्रिय अनलाइन पत्रकार संघको घोर निन्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ फाल्गुन २०७३, शनिबार १०:१५

राष्ट्रिय अनलाइन पत्रकार संघले कञ्चनपुर घटनाको निन्दा गरेको छ । संघले आज एक प्रेस विज्ञप्ति निकालेर भारतीय सीमा सुरक्षा बलले नेपाली भूमिमा पसेर नेपालीमाथि गोली हानी हत्या गरेको प्रति घोर निन्दा गरेको हो ।
विज्ञप्तिमा फागुन २६ गते उत्पन्न वादविवादका क्रममा भारतीय सशस्त्र बलको गोली लागि नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको घटना दुखद्, निन्दनीय र आपत्तिजनक भएको उल्लेख छ ।
कर्मठ नेपाली गोविन्द गौतमको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै  पीडितलाई क्षतिपुर्तिको व्यवस्था गराउन पनि सरकारसँग संघले आग्रह गरेको छ  ।
नेपाल सरकारले यस घटनालाई  गम्भीरताका साथ लिन, उच्च कुटनीतिक तहमा जवाफदेहिता खोज्न र गोली हान्ने पक्षमाथि कार्वाही हुने पहल गर्न आग्रह गरेको छ ।
यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारले यस घटनाको क्षणिक कुटनीतिकनभई  उच्चतहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नु जरूरी छ विज्ञप्तिमा उल्लेख छ ।

मुकुन्द ढुंगाना

केन्द्रीय अध्यक्ष

राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१