नोजाको प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न (फोटो र भिडियो सहित सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७३, शुक्रबार २०:५४

काठमाडौं । देशभर रहेको अनलाइन न्युजहरुको छाता संगठन राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) को प्रथम बार्षिकउत्सव समारोह भव्यताको साथ सम्पन्न भएको छ । प्रदर्शनी मार्गस्थित नेपाल टुरिजम बोर्डको कार्यालयमा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कञ्चनपुर घटना दुःखद् भएकाले यसबारे सत्यतथ्य बुझ्न भारत सरकारसँग कूटनीतिक छलफल भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय अनलाइन पत्रकार सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित ‘पर्यटन र आर्थिक क्षेत्रमा अनलाइन मिडियाको भूमिका’ विषयको अन्तक्र्रियामा परराष्ट्रमन्त्री डा महतले मृतकको परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने र छोराछोरीलाई निःशुल्क शिक्षा दिनेबारे सरकाले गृहकार्य गरिसकेको बताउँदै घटनाको वास्तविकता चाँडै पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा उहाँले देश विकासका लागि सकारात्मक भूमिका खेल्न र सत्यतथ्य सूचना पस्कन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

महतले अहिलेको युग भनेको संचारको युग भएका कारण अबको केही वर्षपछि अझैं सञ्चारले नेपालमा धेरै नै फड्को मार्ने पनि बताए ।

उनी भन्छन्, ‘पर्यटन भनेको देशको प्रमुख आधार हो । पर्यटन बिना देश विकास सम्भव छैन । त्यसैले सबै राजनीतिक दललाई पर्यटन क्षेत्रमा सहयोग गर्न आग्रह गर्दछु ।’

सांसद मोहनसिंह राठौरले देश विकासको प्रमुख मेरुदण्ड पर्यटन, ऊर्जा र कृषिबारे सञ्चारकर्मीले खोजमूलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ, पोखरा र चितवनलाई मात्र पर्यटनको क्षेत्रका रुपमा नहेरेर सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा रहेका रारा, शुक्लाफाँट, खप्तडलाई समेत सञ्चार क्षेत्रले समेट्नुपर्छ ।”

नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटा, जया मल्टिपल कलेजका प्रमुख भवानीप्रसाद पौडेल, बरिष्ठ अधिबक्ता  बोर्णबहादुर कार्की, सङ्घका अध्यक्ष मुकुन्दकुमार ढुङ्गाना, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, मिसन फर चेन्जका अध्यक्ष दर्शन रौनियारलगायतले संविधान निर्माणसँगै देशलाई आर्थिक समृद्धिको बाटामा लैजान विकास पत्रकारिताको खाँचो औँल्याउनुभयो ।

‘पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका’ बिषयक बिशेष अन्तक्रिया कार्यक्रममा महतले पर्यटनको आर्थिक विकासको लागि अनलाइन समाचार पोर्टलको निकै महत्वपूर्ण भूमिका रहेको वक्ताहरुले बताएका छन् ।

 

नोजाले नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चारमाध्यममार्फत सूचना सम्प्रषणको साथै पत्रकारहरुको हकहित र राष्ट्र निर्माणमा कलमको माध्यमबाट हरेक ठाउका आवाजहरुलाई बुलन्द गर्दै आइरहेका नोजाका केन्द्रीय अध्यक्ष मुकुन्द कुमार ढुंगानाले बताए ।

कार्यक्रममा पर्यटन पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गरेका राससका अच्यूत रेग्मीलाई राष्ट्रिय अनलाइन पत्रकार संघले  जया देबकोटा स्मृति पुरस्कारबाट नगद  एघार हजार एक सय एघार  सहित सम्मान गरिएको थियो । यस पुरस्कार हरेक बर्ष १ जना अनलाइन पत्रकारलाई दिने समेत नोजाले जनाएको छ  ।

भिडियो हेर्नुस

 

फोटाहरु हेर्नुस  :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१