स्वस्थ रहन खानुस् यी ५ प्रकारका खाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार १८:५९

बढ्दो उमेरसंगै महिलाले कैयौ स्वास्थ्य समस्याको सामना गर्नुपर्दछ । यो समस्या तब बढ्दै जान्छ जब शरीरमा अत्यावश्यक भिटामिन तथा अन्य खनिज पदार्थको कमी हुन्छ । यदि खानपानमा मात्रै ध्यान दिने हो भने पनि कैयौं रोगबाट बच्न सकिन्छ । पुरुष हो या महिला खानुस् ती ५ प्रकारका खाना:

१. भिटामिन ‘ए’ : बढदो उमेरको असर महिलामा चाडै देखिन्छ । गाजर, अण्डा, दुध, टमाटर, व्रोकाउली, बन्दा, पाकेको खुर्सानी तथा पहेंला फलफुल भिटामिन एका प्रमुख स्रोतहरु हुन् । खानामा यीकुराहरु सामेल गर्नाले महिलामा देखिने बुढ्यौलीपनालाई कम गर्दछ ।

२. भिटामिन ‘डि’ : भिटामिन डियुक्त खानाले महिलाको प्रजनन् स्वास्थ्य तथा महिनावारीको समयमा हुने समस्या समाधान गर्दछ । विहानी तथा अस्ताउँदाको घामबाट भिटामिन डि प्राप्त गर्न सकिन्छ । साथै खानामा दुध, माछा तथा अण्डाको प्रयोग गर्नुपर्दछ ।

३. भिटामिन ‘इ’ : भिटामिन इ मा भएको एन्टीएजिङ तत्वले महिलाको छालामा आउने चायापोतो, डन्डिफोर तथा इन्फेक्स हुनबाट बचाउछ । ओखर, बदाम, पालङ्गो, सूर्यमुखीको बिउलगायतबाट भिटामिन इ प्राप्त गर्न सकिन्छ । खानामा यी कुराहरु समावेश गर्नुपर्दछ ।

४. भिटामिन ‘वि-१२’ : महिलाको बढ्दो उमेरसँगै रक्तअल्पताको समस्या उत्पन्न हुन्छ । यसबाट बच्नका लागी महिलाले भिटामिन वि १२ युक्त अण्डा, माछामासु, दहि दुध लगायतका खाना खानुपर्दछ ।

५. फ्यालीक एसिड : यसले महिनावारीको समयमा शरिरमा हुने रगतको कमीलाई कम गर्दछ । त्यसैले खानामा मेवा, सुन्तला, स्ट्रवेरी, व्रोकाउली,बदाम लगायतका खानेकुरा खानुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०