मौलिक ज्ञानको प्रयोग र यसको महत्व (Use of the Indigenous Knowledge and Its Importance)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार १८:३५

सभ्यताको विकाससँगै परम्परादेखि प्रयोग हुदै, विश्वास गरिदै आइएको ज्ञान तथा सिपलाई मौलिक ज्ञान भनिन्छ । यसले ज्ञानका सबै क्षेत्रहरुलाई समेट्दछ – बौदिक ज्ञान, प्रविधिक ज्ञान, पर्यावरणीय ज्ञान र स्वास्थ्य सम्बन्धि ज्ञान आदि । कुनैपनि समुदायलाई दिगो जीवनयापन गर्ने वातावरण सृजना गर्न मौलिक ज्ञानले निकै ठूलो महत्व राख्दछ । यो मानिसको मस्तिष्क र क्रियाकलापमा संग्रहित भएर रहेको हुन्छ । कथा, गीत, दन्त्य कथा, कथन, नृत्य, किम्बदन्ति, सांस्कृतिक मुल्य–मान्यता, संस्कार, प्रथा, सामुदायिक कानुन, स्थानीय भाषा, कृषि प्रणाली र औजार, विरुवाका प्रजातिहरु तथा जिवात्मा अनुवंश मार्फत मौलिक ज्ञान ब्यक्त भइरहेको हुन्छ । यो मौखिक रुपमा एक पुस्तादेखि अर्काे पुस्तामा हस्तान्तरण हुदै आइरहेको हुन्छ ।

मौलिक ज्ञानमा आधारित प्रविधिहरु

खनजोतगरि मौसम अनुसारको अन्नबालि लगाउनु । राम्रा फसलका लागि त्यसलाई उपयुक्त पानी, मलजल, गोडमेल गर्नु । फसल पाकेपछि सुरक्षित ठाउँमा भिœयाउनु । त्यसलाई उचित तरिकाले प्रशोधन गरि आवश्यकता अनुसार प्रयोग गर्नु आदि ज्ञान तथा सिपहरु हामीले हाम्रा पुर्वजबाट सिकेका मौलिक ज्ञानहरु हुन् । धान र कोदो भकारीमा, मकैलाई थाक्रा र आलुलाई हावासिलो कोठा वा कुनामा राख्ने । मुलाको सिन्की, सागको गुन्द्रुक, भटमासको मस्यौरा र किनामा र स्कुसको भुजुरी बनाउने ज्ञान–प्रविधिहरु आज पनि कम महत्वको छैन । बाँझो जमिनलाई उर्बर बनाउने हलो, त्यसमा जुवा, जोतारो, हलुड, हरिस, सैला, फालि, ठेंडि जस्ता आदिम प्रविधि अहिलेसम्म पनि उतिकै प्रभावकारी मानिन्छन् । कुटो, कोदालो, दाँते, प्mयाउरी आदि त झनै कृषि प्रधान देशको मुख्य कृषि औजार नै बनेको छ ।
अन्नबालीलाई चराचुरु∙ी तथा जिवजन्तुबाट जोगाउन विभिन्न आकारको त्रास देखाउने विम्बहरुको प्रयोग । ति अन्नहरुलाई मुसाबाट जोगाइ राख्न प्रयोग गरिने विभिन्न प्रविधि । दुम्सि, श्याँल, बाघ, भालु जस्ता जनावरहरुलाई थापिने पासो तथा धराप । चरा समात्न प्रयोग गरिने लिसो तथा पासो । घर, गोठ तथा बालीनाली सुरक्षार्थ बारिने बार, बार बार्न निकालिने लहरा र लोक्ताको पहिचान आदि प्राविधिक ज्ञान अहिलेको अत्यधुनिक प्रविधि भन्दा कम प्रभावकारी छैन । माछा मार्न प्रयोग हुने प्रविधिहरु – ढडिया, जाल, बल्छि, थकौली, फन्दा, विष, दुवाली फर्काउनु जस्ता ज्ञान–सिपहरु । माछा पाउने कुरको पहिचान, मौसम अनुसारको माछा मार्ने प्रविधिको निर्माण गर्ने ज्ञान । डुङ्गा निर्माण गर्ने, खियाउने ज्ञान–सिपहरु । पानी बोक्न र संचय गर्न बाँसको ढुङ्ग्रो, चिण्डो, माटोको भाडा, काठको सामग्री, अहल आदि त्यही मौलिक ज्ञान कै प्रतिरुप हो ।
अल्लो (सिस्नोको प्रजाती) र सनपातका कपडा उत्पादन गर्ने ज्ञान–सिप । डांठमा रेशा तयार भएको समयको पहिचान वा पूmलबाट भुवा निस्कने समयको पहिचान, डांठबाट लोक्ता निकाल्ने सिप, निकालिएको लोक्ता प्रशोधन गर्ने सिप, प्रशोधित लोक्ताबाट धागो कात्ने सिप वा भुवाबाट धागो कात्ने सिप, धागोलाई विभिन्न र∙ लगाउने, धागोबाट विभिन्न सामग्रीहरु बनाउने ज्ञान–सिपहरु । तान बनाउने, बुन्ने, धागो मिलाउने अनि आवश्यकता अनुसारका कपडाहरु तयार पार्ने प्राविधिक ज्ञान–सिपहरु अहिले पनि उतिकै महत्वपूर्ण छन् ।
विभिन्न प्रजातिका बाँस तथा मालिंगोबाट चोया काड्ने ज्ञान–सिप । चोयाबाट महुला, डोको, दाम्लो, डोरी, थुन्छे, भकारी, घुम, खकन बुन्ने ज्ञान–सिप । लोक्ताबाट हाते कागज बनाउने ज्ञान–सिप । तोरी, फिलु∙े, घाराघुरी तथा अन्य बनस्पतिको तेल निकाल्ने प्रविधिक ज्ञान–सिप । उक्त बस्तुहरु बनाउन÷उत्पादन गर्न आवश्यक प्रविधि निर्माण गर्ने मौलिक ज्ञान–सिप हाम्रो जनजीवनमा निकै ठूलो महत्व राख्दछ ।
विभिन्न प्रकारका काठहरु फरक फरक उद्धेश्यका लागि प्रयोग हुने ज्ञान । कडा काठको घोचा, दलिन, डाँडाभाटा, थाक्रो, लिस्नो, ढिकी, ओख्लि, मुस्लि, हलो, जुवा, हरिस, तोक्मा, मदानी आदि बनाउने । कमसल, नफुट्ने काठहरुको ठेकी, हर्पे, कठुवा आदि बनाउने ज्ञान–सिप । रातो माटो घर लिप्न, र∙ाउनमा प्रयोग, कमिरे र कालो माटो घर र∙ाउन, पांगो लस्सादार माटोको हाँडी, भाँडा साथै विभिन्न प्रकारका सामग्रीहरु बनाउन प्रयोग हुने ज्ञान–सिप तथा प्रविधिहरु महत्वपूर्ण मौलिक ज्ञान–सिप र प्रविधिहरु हुन् ।
आदिवासी समुदायमा विभिन्न मौलिक विश्वास पद्धतिहरु रहिआएको पाइन्छन् । समाजशास्त्रीय दृष्टिले ति विश्वास पद्धतिहरु निकै महत्वपूर्ण रहेको पाइन्छन् । उदाहरणको लागि – आदिवासी किराती समुदायमा कुसेऔसी भन्दा अगाडि पिडालु खान मिल्दैन, खायो भने मस्तिष्कले राम्ररी काम नगर्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिसँग दुई वैज्ञानिक कारण लुकेको सहजै देखिन्छ । एउटा कारण कुसेऔसी भन्दा अगाडि पिडालु परिपक्क भएको हुदैन, अपरिपक्क पिडालु खादा छिट्टै सकिने सम्भावना हुन्छ । र दोस्रो कारण अपरिपक्क पिडालुमा शरीरलाई आवश्यक सबै भिटामिनहरु विकास भैसकेको हुदैन । जसको सेवनले मस्तिष्कमा असर पार्न सक्छ ।
बैशाखे पुर्णिमापछि भटमास खान नहुने, खायो भने छालामा घाउ आउने विश्वास गरिन्छ । यसको वैज्ञानिक कारण – भटमास छर्ने मौसम बैशाखे पुर्णिमा पछि सुरु हुन्छ । भटमास खाइ नै रह्यो भने संचित विउ समेत रित्तिने सम्भावना हुन्छ र त्यसपछिको मौसममा भटमास खादा वातावरण प्रतिकुल भै छालामा घाउहरु आउने गर्दछ । न्वागी नगरी अन्नबाली खान नमिल्ने, खायो भने मुख बा∙िने विश्वास छ । न्वागी गर्नुको एउटा अर्थ हुन्छ अन्नवालीप्रतिको सम्मान, सदभाव, माया, प्रेमभाव प्रकट, जहाँ मानव प्राण जोगाइ राख्ने शक्ति हुन्छ । न्वागी नगरी अन्नबाली खादा त्यसबाट छाडापनले प्रस्रय पाउने र पुर्ण रुपमा अन्नबाली नपाकी नै रित्तिने सम्भावना साथै अपरिपक्व अन्नबालीमा आवश्यक भिटामिनको कमि हुन्छ नै, त्यसको सेवनले शरीरलाई असर पार्ने कुरा स्पष्ट छ । बंगुरको मासु पोलेर खान नमिल्ने, नभए शरीरभरि घाउ आउने विश्वास छ । बंगुरको मासुमा बढि बोसोको मात्र हुन्छ, पोल्दा बोसो पग्लिएर त्यसमा फोहोर टासिन गई खान अयोग्य हुन्छ । मासुसँगै ति फोहर समेत खान पुग्दा शरीरलाई असर पार्न सक्छ ।
मध्य दिनमा अन्न भण्डारमा पस्न नहुने । केटाकेटि वा अन्य ब्यक्तिले अन्न भण्डारमा पस्न र निकाल्न नहुने, नभए कुलदेवता लाग्ने विश्वास गरिन्छ । यो विश्वास पद्धतिको पनि ब्यवहारिक महत्व देखिन्छ । आदिवासीहरुको मुख्य सम्पती भनेको नै उनिहरुले उत्पादन गरेको अन्नबाली हो । अन्न भण्डारण गर्ने ठाउँमा जो कोहि प्रवेश गर्दा त्यसको किफायति र सुरक्षासँग सोझै सम्बन्ध राख्दछ । त्यसैले घरमुलीको हातबाट मात्र आवश्यक अन्न निकाल्ने गर्दा त्यसको किफायति र सुरक्षामा ढुक्क हुन सकिन्छ । जथाभावी काटमार गर्न नहुने, अर्थात पुजा गरेरमात्र मासु सेवन गर्नु पर्ने । पशुवली ससम्मान हुने । जसले सवैलाई सम्मान पुर्वक आवश्यकता पुर्तिमा प्रयोग गरिएको देखाउछ । पुजा, धामी, झाक्री आदि उपचार पद्धती मनोवैज्ञानिक उपचार पद्धतिको प्रतिरुप हो । पानीका स्रोतहरु सफा राख्न कुवा, धारा वा पानीको स्रोतलाई पुजा गर्ने गरिन्छ । जसले सफा, स्वच्छ र स्वस्थकर पानीको आपुर्ती भई स्वाथ्य जीवन यापन गर्नमा टेवा पुग्ने स्पष्ट देखिन्छ ।
नेपालमा यस्तै धेरै मौलिक ज्ञानहरु अभ्यासमा रहेको पाइन्छ । अहिले उचित ब्यख्या र विश्लेषणको कमिले गर्दा धेरै ज्ञानहरु लोप भै सकेका छन् र हुने अवस्थामा पुगिसकेका छन् । युवाहरु मौलिक ज्ञानलाई अन्धविश्वासको रुपमा मात्र लिने र सरकारी पक्षबाट यस्ता मौलिक ज्ञानको बारेमा खोज अनुसन्धानको पहल कदमी नहुनुले पनि आज मौलिक ज्ञानहरु मृत्युसैयामा छटपटाई रहेका छन् । यी ज्ञानहरुलाई सही ब्यख्या विश्लेषण तथा खोज अनुसन्धान गरि आधुनिक सभ्यताको विकासमा प्रयोग गर्नु आजको युवाहरुको दायित्व हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१