यस कारण म कम्युनिष्ट नबनी काँग्रेस बने तपाई नी ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार ०८:१२

कर्ण बहादुर अधिकारी ।  बिक्रम संबत २००३ सालमा स्थापना भएको नेपालकै पुरानो पार्टी नेपाली काँग्रेस बिगतका दिनमा अझै भनौ २०६२/६३ को आन्दोलन अगाडी प्रजातन्त्रको मेरुदण्डको रूपमा नेपाली जनता सामु प्रस्तुत भएको पार्टी हो।आज त्यहि धारको काँग्रेस लोकतन्त्रमा बिश्वास राख्दै अगाडी बढी रहेको छ।यसै पुरानो पार्टी काँग्रेसको बफादार कार्यकर्ता बनी तपाई म जस्तै ७० लाख भन्दा बढी नेपाली नागरीकहरू काँग्रेसको चार तारे झण्डा मुनी गोल बद्ध भएर अनबरत रूपमा लागि रहेका छौ।चाहे पार्टी हाक्ने बर्तमान समयका सभापति देउवा होस चाहे हामी जस्ता कार्यकर्ता नै किन नहोस सबैलाई पार्टीको निति,बिधान र तपाई हामी जस्ता कार्यकर्ता बीच एक आपसमा मित्रबत संबन्धले एकतृत गरेको छ।पार्टीको मुल मन्त्र राष्ट्रियता,लोकतन्त्र र समाजबाद तीन वटा शब्दको घेरामा हामी बाधिएका छौ।

काँग्रेसको केन्द्र देखि स्थानीय तह सम्मका कार्यकर्ताहरूलाई हामी किन र के का लागि नेपाली काँग्रेसको बफादार कार्यकर्ता बन्यौ भनेर बुझ्न जरूरी छ।म किन कम्युनिष्ट बनिन? किन अन्य पार्टी भैन? भन्ने बिषयमा जब सम्म गम्भिर हुँदिन तब सम्म मेरा यी लक्ष्य र बाटाहरू अधुरो हुन सक्छ।अब हामी यसै बिषयमा चर्चा गरौ।म नेपाली काँग्रेस बन्नुको कारणहरू:-
१.नेपालको भौगोलिक बनावट,बिभिन्न धर्म,बिभिन्न जात जाती र यस नेपाली भूमिमा रहेका नेपाली जनताको बास्तविक जीवनलाई बास्तबिक रूपमा पहिचान गरी जनताको भावनालाई कदर गर्दै जननायक बिपी कोईरालाले तयार पार्नु भएको निति “समाजबादलाई” राम्ररी अध्ययन गरी ती माहान हस्तिहरू बीपी कोईराला,शुवर्ण सम्शेर,गणेशमान सिंह,कृष्ण प्रसाद भट्टराई,गिरीजा बाबु,शुशिल कोईराला लगाएतका नेतृत्व पंक्तिहरूको राजनिति सदभाव र सहकार्यले नै म काँग्रेस बनेको हुँ।

२. यसै प्रकृयालाई निरन्तरता दिनका लागि बर्तमान समयका हस्तिहरू पार्टी सभापति शेर बहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल,प्रकाशमान सिंह,कृष्ण सिटौला,सशांक कोईराला,कुल बहादुर गुरूङ,डा.राम शरण महत,अर्जुन नर्सिह केसी,बिमलेन्द्र निधि लगायतका यूवा पिढीका यूवा नेताहरूको त्याग र निष्ठाबाट नै उत्प्रेरीत बनी मैले आजको दिन सम्म निरन्तरता दिई रहेको छु।

३.नेपालको राजनिति इतिहासको पानालाई पल्टाएर हेर्दा हरेक नेपालको राजनिति कालखण्डमा महत्वपूर्ण भूमिका निवारण गरी नेपाली जनताको हक अधिकारलाई सुनिश्चितता गराई जनता सामु प्रस्तुत भएको पार्टी जुन पार्टीले चाहे त्यो राणा शाशन अन्त्य गराउन होस वा पंञ्चायत र राजतन्त्रको अन्त्य गराई लोकतन्त्र स्थापना गराउन नै किन नहोस सबैमा गौरबशाली भूमिका निभाएकै पार्टी भएर नै काँग्रेस बनेको हुँ।

४. नेपाली काँग्रेसको झण्डा र त्यसमा रहेको चार ताराको महत्वलाई बुझेर नै काँग्रेस बनेको हुँ।जन नायक बीपी कोईरालाको दुरदर्शीताका कारण तपाई म जस्ता ७० लाख नेपाली जनताले काँग्रेस रोजेका छन।काँग्रेस नेपालको भूगोलमा यहाँकै हावा पानी र जनजीवनमा जन्मिएको पार्टी हो।यस पार्टीको कुनै पनि बिदेशी पार्टीको निति संग मेल खादैन।कम्युनिष्टका जस्तो माक्स बाद,लेनिन बाद र माओबाद भनेर अरू देशका नेताको भावनालाई आत्मसात गरेको पार्टी होईन काँग्रेस,जसको जोत उसकै पोत भन्ने नारा दिएर किसान र मजदुरका हितका लागि स्थापना भएको पार्टी भएकै कारण काँग्रेस बनेको हुँ।

५.देशमा राजनिति क्रान्तिसंगै आर्थिक क्रान्ति पनि हुनु पर्छ भनी ३० बर्षे निरङ्कुश पञ्चायति ब्यबस्थाको अन्त्य संगै बहुदलीय प्रजातन्त्र आए संगै बिकासको संबाहक बनेर नेपाली जनता माझ लोक प्रिय बनेको पार्टी भएर नै काँग्रेस बनेका हौ।देशको अर्थनितिले सहि मार्ग काँग्रेसकै पालाबाट नै लिएको थियो।यसमा प्रमुख भूमिका पूर्व अर्थ मन्त्री डा.रामशरण महतले खेल्नु भएको थियो।नेपाली जनताका लागि आबश्यक भौतिक साधनहरूको निर्माण कार्य काँग्रेसकै पालामा भएको थियो।पछि माओबादी द्वन्दका कारण अतुल्नीय क्षेति राष्ट्रले बेहोर्नु परेको कारण बिकास निर्माण कार्यहरू रोकिएको थियो।यस्तो अबस्थामा पनि काँग्रेसले खेलेको भूमिका कै कारण म काँग्रेस बनी रहे।

काँग्रेसको कार्यकर्ता कसका लागि बन्यौ भन्ने सवालमा हामीहरूले समग्रमा सोच्ने हो भने नेपालको भुगोलमा रहेका नेपाली जनताको हक हित र जीवन स्तरसंग सहकार्य गर्नकै लागि काँग्रेस बनेको हुँ।जुन कुरा अन्य राजनितिक दल र तिनका कार्यकर्ताको भन्दा फरक छ।बीपीको समाजबादलाई अबलम्बन गर्दै राष्ट्र र राष्ट्रियताको हितमा सधै सजग रहनका लागि काँग्रेस बने।

यसरी हामी हरू काँग्रेसी त बन्यौ तर हाम्रो पार्टी भित्र पनि ब्यक्तिगत स्वार्थमा लुटपुटिएकाहरूको जमात र फरीयाको साइनोको उल्झनमा पर्नेहरूको जमातका कारण पार्टीलाई धमिल्याउन खोजेको चाहि पक्कै हो तर हामी यस्ता बिषयमा सजग भने हुनै पर्छ।जब सम्म हामी सजग हुँदैनौ तब सम्म यस्ता बिचार बोकेकाहरूको जमात सल्बलाई रहने छन।राजनिति क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको पार्टीले आर्थिक क्रान्तिलाई पनि मध्यनजर राख्दै जनता नै जनार्दन हुन भन्ने भावनालाई नेताहरूले भुल्नु हुँदैन।जनताको समस्यासंग जुद्धै समस्याको समाधानको पोको खोल्न सक्ने नेता हुनु जरूरी छ।निस्वार्थ भावना लिएर काँग्रेसको राजनितिमा प्रवेश गर्न सकियो भने मात्र जनताको मन मष्तिष्कमा प्रवेश गर्न सकिन्छ।जनता र समाजका हितका लागि नै भनेर जन्मिएको काँग्रेस समाज र जनताकै लागि खटिनु पर्दछ।काँग्रेसले जे बोल्छ त्यो पुरा गर्छ भन्ने गिरीजा बाबुको निति र उहाँले हर हमेशा भन्नु हुने “सहमति र सहकार्य” भन्ने वाक्यलाई हामी काँग्रेसी हुँ भन्नेले मनन गर्न सक्नु पर्दछ।
जय नेपाल।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१