पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा तालाबन्दी (बिज्ञप्तिसहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार ०६:१३

काठमाडौँ,२५ फागुन । व्यक्ति केन्द्रित निर्णय गरी महासङ्घलाई राजनीतिक रुपमा स्थापित गर्न लागेको भन्दै पत्रकार महासङ्घ जिल्ला शाखा काठमाडौँमा  ताला लगाइएको छ ।
महासङ्घले सदस्यता स्थानान्तरण बन्द गरिसकेका अवस्थामा महासङ्घ केन्द्रको प्रत्यक्ष संलग्नतामा विभिन्न प्रतिष्ठान शाखाबाट एकमुष्ठ रुपमा काठमाडौँ जिल्ला शाखामा सदस्यता स्थानान्तरण गरिएको भन्दै  ताला लगाएको मिडिया नेपालका सचिब मुकुन्द ढुंगानाले जानकारी दिनुभयो ।

प्रेस युनियन, मिडिया नेपाल,प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार सङ्गठनले संयुक्त रुपमा सहमति जनाउँदै ताला लगाएका हुन् ।

व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा यसरी सदस्यता स्थानान्तरण प्रक्रिया तत्काल रोक्नुपर्ने भन्दै ताला लगाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०७३ माघ १५ पछि विभिन्न रुपमा भएको सबै सदस्यता स्थानान्तरण तत्काल रद्द गर्न पनि माग गरिएको छ ।

यस्तो छ बिज्ञप्ति :

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१