स्मार्ट कन्डोम,सुरक्षित सेक्स !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७३, मंगलवार ०५:५०

काठमाडौं । स्मार्ट वाच र गुगल ग्लासपछि शरीरमा लगाउन मिल्ने प्रविधिको रुझान बढिरहेको छ । यसको नयाँ कडीको रुपमा आएको छ, स्मार्ट कन्डोम । यसको बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

यो स्मार्ट कन्डोम बनाउने कम्पनीको दाबीअनुसार यसले त्यस्ता कठिन सवालको जवाफ पनि दिने छ, जसका बारेमा मानिसहरुले सोचेकासम्म हुँदैनन् ।
बेलायतको एउटा अनलाइन स्टोरमा यसको बिक्रीको प्रक्रिया दर्तामार्फत सुरु गरिएको हो । कम्पनीले यसलाई बजारमा ल्याउने दाबी २०१६ मा नै गरेको थियो ।

कम्पनीका अनुसार स्मार्ट कन्डोमको प्रयोगबाट प्रयोगकर्ताले सेक्स कतिपटक, कति लामो, यहाँसम्म कि कति समयपछि गरिएको हो भनेर पनि जानकारी पाउँछन् ।

त्यसो त यसको नाम स्मार्ट कन्डोम भए तापनि यो सुरक्षित सेक्सका लागि भने होइन । यो एउटा रिङ हो जुन कन्डोमको सतहको भागमा फिट भएको हुन्छ । याने कि तपाईंले यसको साथमा सामान्य कन्डोम प्रयोग गर्नु भएन भने गर्भधारण र यौनरोगलाई रोक्न सक्नुहुन्न ।

कम्पनीले यो कन्डोमलाई पटक(पटक प्रयोग गर्न सकिने दाबी पनि गरेको छ । यसले नानो चिप र सेन्सरको प्रयोगबाट आँकडाहरु संकलन गर्छ । एकपटक सेक्स भएपछि यसलाई ब्लुटुथमा जोडेर मोबाइल ऐपमार्फत यसको तथ्यांक डाउनलोड गर्न सकिन्छ । आंकडा डाउनलोड गरिसकेपछि आफैं यसबाट डिलिट हुन्छ र यो फेरि प्रयोगका लागि योग्य हुन्छ ।

कम्पनीले दिएको विवरणअनुसार स्मार्ट कन्डोम प्रयोग गर्नुभन्दा पहिले चार्ज गर्नुपर्छ र यो काम यूएसबी पोर्टमार्फत सजिलैसित हुन्छ ।

यद्यपि कम्पनीका दाबीमाथि विभिन्न सवालहरु उठेका छन् । आलोचकहरुको भनाइमा यो कुनै उपयोगी बस्तु नभएर प्रोपोगाण्डाबाट व्यापार गर्ने प्रयास मात्र हो । उत्पादनको तस्वीर नआउँदासम्म यो भन्न मुस्किल हुन्छ कि यसको प्रयोग कति सहज छ ।

यो कन्डोम यौन आनन्द बढाउनका लागि होइन । न त यो फुट्ने वा लिक हुने सम्भावनाबाट टाढा छ । आलोचकहरुले स्मार्ट कन्डोमबाट कुनै पनि उपयोगी कुरा हासिल नहुने दाबी गरेका छन् ।

एक घन्टा चार्ज गर्दा यसलाई ७/ ८ घन्टासम्म प्रयोग गर्न सकिन्छ । यसको तथ्यांक केवल प्रयोगकर्ताले मात्रै हेर्न सक्छ, यद्यपि यसलाई सेयर गर्ने विकल्प पनि दिइएको छ । एक वर्षको वारेन्टीसहित यसको मूल्य राखिएको छ, करिब साढे सात सय डलर ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१