निर्वाचन हाम्रो पक्षमा छ : विष्णु केसी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७३, शनिबार ०७:४८

प्राध्यापक विष्णु केसी महासचिव उम्मेद्वार प्रजातन्त्रवादी प्राध्यापक सङ्घ व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौँथो महाधिवेशन शुक्रबार देखि त्रिभुवन विश्वविद्यालयको हलमा सुरु भएको छ । नेपाली काँग्रेसलाई आवश्यक सरसल्लाह दिनुका साथै प्राध्यापन पेशालाई मर्यादित पेशा बनाउनुका लागि गुणस्तरिय शिक्षामा आफ्नो जोड दिएको ठान्ने युवा प्राध्यापक विष्णु केसीले त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत छन् । उनले यतिखेर वरिष्ठ प्राध्यापक प्रकाशसिंह प्रधान समूहबाट महासचिव पदमा उम्मेद्वार दिएका छन् । उनै केसीसँग गरेको कुराकानीको सम्पादित अंश । तपाईँ महासचिवको उम्मेद्वार तयारी कस्तो छ ? हो म महासचिव पदमा चुनाव लड्दै छु । वरिष्ठ प्राध्यापकको सल्लाह र सहयोगका कारण मैले महासचिव पदमा उम्मेद्वार दिएको हो । मेरो तयारी एकदमै राम्रो छ । सबै प्राध्यापक साथीहरुसँग भेटघाटमा व्यस्त छु । तपाईँ चुनाव जित्छु भन्ने कत्तिको विश्वस्त हुनुहुन्छ ? म पूर्ण विश्वस्त छु । निर्वाचन मैले जित्छु भन्ने किनकी मलाई र मेरो समूहलाई नेपाल प्रध्यापक संघका पूर्व अध्यक्षहरु कपिल श्रेष्ठ, सुप्रभा घिमिरे, प्राडा विनोदकुमार श्रेष्ठ, केशवानन्द गिरी, खगेन्द्रप्रसाद भट्टराई, प्राडा भूपति कमल ढकाल, भीमसेनदास प्रधान, र वर्तमान अध्यक्ष रामेश्वर उपाध्यायको सहयोग छ त्यसैले चुनाव मैले जित्छु । चुनाव जित्नुभयो भने संघका लागि के गर्नुहुन्छ ? विश्वविद्यालयभित्र आंशिकदेखि प्राध्यापकसम्म आ–आफ्नै समस्या रहेका छन् तिनको समाधान गर्न मेरो पहिलो प्राथमिकता हुनेछ । प्राध्यापकको आन्तरिक विज्ञापन गरी स्थायी गर्ने, हचुवाको भरमा पदोन्नती गर्ने कार्यको अन्त्य गर्ने, प्राध्यापकहरुको मर्यादामाथि समाजले प्रश्न उठाउन नसक्ने गरी सेवाआयोगको कार्यशैली सुधार गर्नेलगायतका काम गर्छु ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१