काँग्रेस फुट्यो भनेर भ्रममा नपरौ यस्तो छ बास्तबिकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ फाल्गुन २०७३, शनिबार ०७:३८

कर्ण अधिकारी/ मकाउ। स्थानीय चुनावको मिति घोषणा भए संग संगै एका एक सामाजिक संजाल र केहि अनलाईन पोर्टलहरूमा केहि ब्यक्तिहरूले काँग्रेस फुट्यो भन्दै प्रचार प्रसार गरे।स्थानीय निकायको चुनावको मिति घोषणा भए संगै,स्व.बि.यूको चुनावी मैदानमा बिद्यार्थी नेताहरू भिडी रहदा पार्टी फुटेको हल्ला फैलाएर कार्यकर्ताको मनोबल गिराउन सकिन्छ की भन्ने सोच लिएर हल्ला पिटाएका मात्र हुन तर वास्तबिकता भने यस्तो छ। नेपाली काँग्रेसका केहि पुराना नेताहरू रामबाबु प्रसाई, काठमाण्डौ उपत्यकाका पूर्व मेयर पिएल सिंह,देबेन्द्र नेपाली र बिपी पुत्र प्रकाश कोईराला लगाएतका केहि नेताहरूले काँग्रेस परित्याग गरेर बसे झै नेपाली काँग्रेसको राजनितिमा निष्कृय रहेको अबस्थाका नयाँ पार्टी खोल्नु कुनै नौलो र आश्चर्य मान्नु पर्ने केहि छैन।त्यस्ता किसिमका घटनाहरू नेपालको राजनिति काल खण्डमा नभएको पनि होईन बिगतका दिनमा काँग्रेसमा सक्रिय रूपमा लागेका नेताहरू बिजय गच्छदार र महन्त ठाकुर लगाएतका केहि नेताहरूले काँग्रेस परित्याग गरी नयाँ पार्टी खोलेकै थिए तर त्यसलाई कहिले पनि पार्टी फुट्यो भनेर भनिएन त्यसरी नै बाबुराम भट्टराईले माओबादी परित्याग गरेर नयाँ शक्ति गठन गरे त्यसलाई पनि पार्टी फुट्यो भनिएन तर जुन ब्यक्ति गिरीजा बाबुको पालामा पार्टीबाट कार्बाहीमा परी निष्कृय राजनिति जीवन ब्यतित गरेका प्रकाश कोईरालाले नयाँ पार्टी खोल्दा काँग्रेस फुट्यो भन्नु कतिको जायज होला?त्यस कारण यस्ता किसिमका कुराहरू काँग्रेसको शाख गिराउनका लागि रचिएका षड्यन्त्र मात्र हुन।तपाईहरू आफै अनुमान लगाउन सक्नु हुन्छ यी काँग्रेस फुटाएर नयाँ पार्टी खोले भन्नेहरूको बर्तमान समयमा पार्टी भित्रको भूमिका के छ?हो हामीलाई थाहा छ बिगतमा उहाँहरूले पार्टीका हितका लागि योगदान दिएकै थिए तर बर्तमानमा आएर पार्टी भित्र भूमिका शून्य रहेको अबस्थामा पार्टी फुटायो भन्नु न्याय संगत होला त ? पार्टी कस्तो अबस्थामा फुट्यो र फुटाईयो भन्ने बारे पनि हामी सामु केहि त्यस्ता उदाहरण छन गिरीजा बाबुसंग सहकार्य गर्न नसकेर तत्कालिन अबस्थामा देउवा गुटले पार्टी फुटाएर काँग्रेस प्रजातान्त्रिक गठन गरेका थिए,राप्रपा पनि फुटेकै थियो त्यसरी नै एमाले र माओबादी पनि २/३ टुक्रामा टुक्रिएका थिए।हो यसलाई चाहि भनिन्छ पार्टी फुटाउनु र फुट्नु तर वास्तबमा भन्नु पर्दा प्रकाश कोईरालाहरूले पार्टी फुटाएका होईनन उनीहरू त काँग्रेस परित्याग गरेर नयाँ पार्टी खोलेका मात्र हुन भन्दा फरक पर्दैन।काँग्रेस सानो तिनो समस्याबाट फुट्ने पार्टी होईन।लोकतान्त्रिक बिचारधारामा आबद्ध भएको पार्टी भित्र बैचारीक द्वन्द भए पनि अन्त्यमा समस्या समाधानको बिन्दुमा काँग्रेस पुग्दछ त्यस कारण काँग्रेसको असल मार्ग नै यहि हो।काँग्रेस आउँदा दिनमा फुटेर होईन जुटेर अगाडी बढ्दछ। (लेखक जनसम्पर्क समिति मकाउका संस्थापक सचिव हुन)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१