जोसेफ स्कुलबाट धेरै बिद्यालयले पाठ सिक्नुपर्ने : बरिष्ठ नेता प्रकाशमान सिंह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार १८:५२

काठमाडौँ ,२० फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

जोसेफ हायर सेकेण्डरी स्कुलको २० औँ वार्षिकोत्सवका अवसरमा  आयोजित ‘अभिभावक दिवस, सम्मान तथा पुरस्कार वितरण समारोह’मा नेता सिंहले सरकारले निर्वाचनको मिति तोकेकाले निर्वाचन गराउन सबै दल गम्भीर हुनुपर्ने बताउनुभएको हो ।

“राष्ट्रिय राजनीतिक चुनौतीपूर्ण ढङ्गले अगाडि बढेको र त्यसको समाधानका लागि दलबीच सहमति आवश्यक छ”– सिंहले भन्नुभयो । संविधान जारी गर्ने दल नै संविधान जोगाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले नेपाललाई राजनीतिक स्थिरता दिएर विकास निर्माणको बाटोमा लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई गुणस्तरीय शिक्षा दिन आग्रह गर्नुभयो । काठमाडौँको धेरै स्कुलमा म गएको छु तर जोसेफ स्कुलको जस्तो राम्रो पढाई कमै स्कुलमा मात्र देखेको छु। अब ती स्कुलहरुले पनि जोसेफ बाट पाठ सिक्नुपर्ने समेत कार्यक्रम बताए ।

नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले विद्यार्थीलाई सैद्धान्तिक शिक्षाको साथसाथै गीतसङ्गीतका माध्यमबाट बहुप्रतिभावान् बनाउनु आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्राचार्य सूर्यबहादुर अधिकारीले गुणस्तरीय शिक्षाका लागि विद्यालयले कुनै कसरत बाँकी नराख्ने बताउनुभयो । विसं २०५४ मा १५ जना विद्यार्थीबाट पठनपाठन सुरु गरेको उक्त विद्यालयले हाल एक हजार ७०० विद्यार्थीलाई पठनपाठन गराएको प्राचार्य अधिकारीले बताउनुभयो ।

पाँच व्यक्तिलाई सम्मान

सो अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका पाँच जनालाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा पूर्वसभामुख एवम् वरिष्ठ मानवअधिकारकर्मी दमननाथ ढुङ्गाना, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, हास्यकलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला, हिमालय शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्द ढुङ्गाना रहनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०