चीनमा तूफानी मौसमको कारण छ व्यक्तिको मृत्यु, २० जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार ०८:०७

चीन । चीनको जिआङ्गसु प्रान्तमा बुधबार अपराह्न तूफानी मौसमको कारण छ व्यक्तिको मृत्यु हुनको साथै अन्य २० जना घाइते भएका स्थानीय अधिकारीले बिहीबार जानकारी दिएको छ ।
चीनको जिआङ्गसु प्रान्तको विसी र यान्चेङ्ग सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले तूफान आएको बताइएको छ । यस घटनापरी घाइते भएका २० व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यस प्रकोपपछि स्थानीय सरकारले सङ्कटकालीन उद्धारको व्यवस्था मिलाएको जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१