भुरुङ तातोपानी–२ मा अवस्थित बराह गुफा ओझेलमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार ०७:३९

म्याग्दी। पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण सम्भावना बोकेको भुरुङ तातोपानी–२ मा अवस्थित बराह गुफा ओझेलमा परेको छ ।
पूर्वाधार र प्रचारप्रसारको अभावमा उक्त गुफा ओझेलमा परेको हो । करिब पाँच सय मिटर लामो गुफाभित्र विभिन्न भाँडाबर्तन, पक्षी, जनावरका आकृति रहेका स्थानीय बासिन्दा ओमबहादुर फगामीले बताउनुभयो ।

गुफाको नजिकै झरनासमेत रहेको छ । यसको विशेषता र महत्वका बारेमा प्रचारप्रसार हुन नसक्नु तथा व्यवस्थित पदमार्गको अभावले पर्यटक भित्रन सकेका छैनन् । पर्यटकीयस्थल भुरुङ तातोपानी बजारदेखि मान्द्रेढुङ्गा हुँदै करिब तीन घन्टा उकालो चढेपछि बराह गुफा पुग्न सकिन्छ ।

बराह गुफाको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । जनैपूर्णिमा पर्वमआ भुरुङ तातोपानी र त्यस आसपासका गाउँका बासिन्दा पूजाआजा र भाकलका लागि बराह गुफामा पुग्छन् । बराह गुफालाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीय बासिन्दा र भुरुङ तातोपानी गाविसले संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा अग्रसरता देखाएका छन् ।

मान्द्रेढुङ्गा हुँदै बराह गुफा र मुन्द्रा चढाउने डाँडासम्म पदमार्ग निर्माण थालिएको गाविस सचिव दीपकलाल पालले जानकारी दिनुभयो । बराहगुफा नजिकै रहेको मन्दिरको पुनःनिर्माण थालिएको छ । “मन्दिर पुनःनिर्माणका लागि गाविसले चालु आवमा रु एक लाख ८० हजार बजेट विनियोजन गरेको छ,” उहाँले भन्नुभयो । पदमार्ग निर्माणका लागि श्रमदान र चन्दा सङ्कलन समेत भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१