पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा मिडिया नेपालबाट ढुंगानाको उम्मेद्धवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०७३, शुक्रबार ०६:२५

काठमाडौं २० फागुन। नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको अधिवेशनको मिति नजिकिँदै गर्दा पत्रकारहरुको चूनावी सरगर्मी सहितको बहस र छलफल तिव्र भैरहेको छ ।

आगामी चैत्र १ सम्पन्न हुने काठमाडौं शाखाको १०औ अधिवेशन मार्फत आफुलाइ स्थापित गराउँने तरखरमा पत्रकारहरु चुनावी माहौलमा होमिएका छन ।

आसन्न अधिवेशनका लागि संघ–संगठनका तर्फबाट उम्मेदवारको घोषणा गर्ने क्रम सुरु भइसकेको अवस्थामा मिडिया नेपालको केन्द्रीय सचिब तथा राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा ) का अध्यक्ष  समेत रहेका मुकुन्द ढुंगानाको  अध्यक्षको उम्मेदवारीलाइ अग्रज पत्रकारहरुले सकारात्मक रुपमा  लिएको देखिएको  छ ।

क्रियाशिल युवा पत्रकार वृतमा समेत परिचित रहेका पत्रकार ढुंगानाले  भने महासंघको गरिमालाइ उच्च बनाउँने निति अनुरुप आफ्नो उम्मेदवारी घोषणा गर्न लागिएको बताएका छन्  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०