राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकारको ‘असभ्य’ बसाई, चौतर्फी बिरोध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०७३, मंगलवार १६:५०

सामाजिक सञ्जालमा अहिले ह्वाइट हाउसको एउटा तस्वीर भाइरल बनेको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उपस्थित सम्पूर्ण अतिथिहरु उभिएका छन् । तर, हाइ हिल लगाएकी एक महिला भने सोफामाथि दुवै घुँडा दोब्राएर थचक्क बसेकी छिन् र मोबाइल खेलाइरहेकी छिन् ।

तस्वीरमा देखिएकी महिला अरु कोही नभएर राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार केल्लियाने कोन्वे हुन् ।  यसअघि उनी राष्ट्रपति ट्रम्पको विवादास्पद यात्रा प्रतिवन्ध आदेशको समर्थनमा बोल्दा पनि आलोचनाको शिकार बनेकी थिइन् ।

ट्रम्पले आफ्ना अतिथिहरुसँग भेट गरिरहँदा कोन्वे सोफामाथि घुँडा टेकेर फोटो खिचिरहेकी थिइन् । फोटो खिचिसकेर पनि उनी मोबाइल चलाउन व्यस्त रहिन् । ट्विटर प्रयोगकर्ताहरुले उनको पोजलाई लिएर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१