नेपाल दलित संघ भारत ईकाईको प्रथम अधिवेशन सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार १८:५९

नेपाल दलित संघ भारत ईकाई को प्रथम अधिवेशन भारतको तेलंगाना राज्य हैदराबाद स्थित श्री कृष्ण निलयम आन्द्रा भाषा हलमा नेपाल दलित संघ भारत ईकाइका केन्द्रीय अध्यक्ष पहल सिह ओड को अध्यक्षता एवं नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष श्री बालकृष्ण पाण्डे ज्यु को प्रमुख अतिथि र बिध्यार्थी युवा नेता नेपाल दलित संघ का केन्द्रीय प्रतिनिधि श्री डम्मर बहादुर सुनवारको बिषेश अतिथि मा बिशाल उपस्थिति का साथ संपन्न भयो । उक्त सम्मेलन मा प्रमुख अतिथि बालकृष्ण पाण्डे ज्यु बाट बि पी कोइराला लाइ स्मरण गर्दै दलित हरुको बिकास बिना स्वच्छ समाज निर्माण हुन नसक्ने धारणा राख्नुभएको थियो । दलित हरुमा शिक्षा राजनीति समाजिक सास्कृति र भाषिक चेतना को बिकास आजको आवश्यकता हो भन्दै आफनो संबोधन मा दलित हरु प्रति सम्मान ब्यक्त गर्नु भयको थियो । नेपाल मा आगामी बैशाख ३१ गते हुन गैरहेको स्थानीय निर्वाचन मा एकमत भयर नेपाली कांग्रेस लाई सफल बनाउन सबैले आ आफनो ठाउ बाट सकारत्मक भुमिका निभाउन निर्देशन दिनु भयो । २१ औ शताब्दी को संघारमा आजका हामी अंधविश्वास बाट माथी उठन सकेका छैनौ भन्दै मुख्य अतिथि बालकृष्ण पाण्डे भन्नु हुन्छ छुवाछुत र भेदभाव आज मनुष्य को सबै भन्दा ठुलो सत्रु हो । वाहाको कथन थियो दलित हरु पनि मानब हुन मानबले मानबको संरक्षण गर्न सक्नु पर्दछ । राजनितिक क्षेत्रमा दलित हरुको समस्या हरु संबोधन गर्नु पर्दछ जब सम्म दलित बर्गको उत्थान का निमित्त राजनितिक दल हरु ले आफनो मन मस्तिष्कमा नया सोचको बिकास गर्न सक्दैनन तब सम्म राष्ट्र समृद्ध बन्न सक्दैन। उक्त कार्य क्रममा बिषेश अतिथि हरुमा नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय सदस्य कान्ति प्रसाद धमाले’ ‘ पहराम बिष्ट ‘ कमान सिह भण्डारी ‘ पहरा बिष्ट ‘ नैन बाहादुर बिस्ट क्षेत्रीय समिति का उपाध्यक्ष राज बहादुर कुवर , उपाध्यक्ष मीन बाहादुर कुवर , माहा सचिव नन्दा बोगटी , पुर्व माहासचिव योगेन्द्र गौतम , सह कोसाध्यक्ष गोबिन्द भण्डारी , सदस्य हरु तिर्थ कुवर , दलित संघ भारत का हरेक स्टेट बाट आउनु भएका प्रतिनिधि हरु को उपस्तिथि थियो । उक्त कुल्ल सत्र पश्चातबन्द सत्र सुरु भएको थियो भने पहल सिह ओड कै अध्यक्षता सर्बसम्मती ले २५ कार्य समितिको चयन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०