नेपाल पर्यटन ब्यबसायी संघ (निट) ले बृहत बनभोज कार्यक्रम फागुन २८ मा गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार १८:५४

काठमाडौँ । नेपाली कांग्रेस समर्थित पर्यटन ब्यबसायीहरुको संगठन नेपाल पर्यटन ब्यबसायी संघ (निट)ले होलि पर्वको अबसर पारेर राजधानीको बालाजु पार्क बाइस धारामा यहि २०७३ साल फाल्गुन २८ गते शनिबार (मार्च ११ तारिक) बृहत बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । हिजो आइतबार नेपाल पर्यटन ब्यबसायी संघ (निट) को उपाध्यक्ष केशब पाण्डेको सभापतित्वमा संघको केन्द्रिय कार्यालय नया बजारमा बसेको बैठकले युबा पर्यटन ब्यबसायी छेतुप तामाङ्को संयोजकत्वमा पर्यटन ब्यबसायीहरु राजेन्द्र प्रसाद सुबेदी, कुल बहादुर गुरुङ्, अच्युत गुरागाईं, कमला गुरुङ्, शंकर अधिकारी, सुरेन्द्र भट्टराई, बिमल नहर्की र बिमान लिम्बु सहित ९ सदस्यीय बृहत बनभोज कार्यक्रम आयोजक समिति गठन गरियो । उक्त बृहत बनभोज कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय नेताहरु, मिडिया क्षेत्रका पत्रकार साथीहरु र चर्चित लोक दोहोरी कलाकारहरुलाई समेत आमन्त्रण गरिने भएको छ । ” पर्यटन क्षेत्रका कांग्रेसी ब्यबसायीहरु बीच संगठन तिब्र रुपले बिस्तार गर्न, एक अर्कामा सदभाब र भाइचाराको सम्बन्ध बिकास गर्न यो बृहत बनभोज कार्यक्रमले मद्दत गर्नेछ ” – नेपाल पर्यटन ब्यबसायी संघ (निट)को अध्यक्ष दिपक महतले बताउनु भयो । ” पर्यटन क्षेत्रका विभिन्न ब्यबसायीहरु जस्तै ट्रेकिङ्, ट्राभल, राफ्टिङ्, होटल, यरलाइन्स, रेस्टुरेन्ट, कार्गो, गार्मेन्ट, ह्याण्डीक्राफ्ट आदि जो रास्त्रियता, लोकतन्त्र र समाजबादमा आस्था राख्ने पर्यटन व्यवसायीहरु हुनुहुन्छ, सबैलाई समेटेर एकजुट र संगठित बनाइ अगाडी बढ्नु हाम्रो मूल उद्देश्य हो । पर्यटन क्षेत्रप्रति नेपाली कांग्रेसको केन्द्रिय नेताहरुको दृष्टिकोण र धारणा प्रस्तुत हुने र नेपाल पर्यटन ब्यबसायी संघ (निट)को अध्यक्ष दिपक महतले पर्यटन सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने रहेको छ ” – बृहत बनभोज आयोजक समितिका संयोजक छेतुप तामाङ्ले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१