राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) के हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार ०७:१६
राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)
आधुनिक विश्वको सबै भन्दा विकसित भएको क्षेत्र भनेको आईटी हो । यसलाई सहि सदुपयोग गर्नु हामी सबैको कर्तव्य हो । नेपालमा पछिल्लो समयमा बढ्दै गएको अनलाईन पत्रकारीता र यसबाट भएका दुरुपयोगहरुलाई न्यूनिकरण गर्न र अनलाईन पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायीक वनाउन यो संस्थाको स्थाापना भएको हो । 
नेपाल सरकारले अनलाईन पत्रकारितालाईपनि कानूनको दायरामा ल्याउन पहल गरिराखेको परिपक्षमा हामीले पनि संगठित रुपमा यस संस्था मार्फत अनलाईन पत्रकारीतालाई सामूहिक रुपमा आफ्नो हक, अधिकारको लागी सांगठनिक पहल गर्दै छौं । 
यो कस्तो प्रकारको संस्था हो ?
यो सम्पूर्ण अनलाईन पत्रकारहरुको साझा, मुनाफा रहित, जन हितकारी समाजिक संस्था हो । 
यो संस्थामा क–कस्ले सदस्याता लिन पाउँदछ ?
यो संस्थामा अनलाईन पत्रकारिता गरिरहेका सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका पत्रकारहरुले सदस्यता लिन पाउँदछ । 
यसको लागि तपाईले हाम्रो वेव www.nojanepal.com.np बाट अनलाईन फर्म वा प्रिन्ट फर्म भर्न सक्नुहुनेछ । साथमा तपाईले नागरिकताको प्रतिलिपि, प्रेस पास वा जागिर खांदाको नियुक्ति पत्र पेश गर्नु पर्नेछ । 
प्रबेश शुल्क कति छ ?
प्रबेश शुल्क एक पटकको लागि मात्र रु ५००, सदस्यता शुल्क वार्षिक रु ५०० र प्रमाण पत्र तथा सदस्यता कार्डको लागि थप रु १०० गरि पहिलो पटक रु ११०० बुझाउनु पर्नेछ । 
रकम कहाँ बुझाउँने ?
रकम तपाईले हाम्रो संस्थाको खातामा डिपोजीट गर्न सक्नु हुनेछ । अथवा संस्थाको अफिसमा आएर नगद जम्मा पनि गर्न सक्नुहुनेछ । 
के हो कल्याणकारी कोष ? र यस कोषमा सहभागि हुन के गर्नु पर्छ ?
यस संस्थामा आवद्ध भएका सदस्यहरुको लागि मात्र स्थापना भएको नोजा कल्याण्कारी पत्रकार कोष हो । यस कोषको सुविधा लिनको लागि न्यूनतम १००० बचत गर्नु पर्नेछ । 
 
यो संस्थाको सदस्यता लिनाले के–के फाईदा हुन्छ ? 
१. संस्थाको विधानको धारा ४ को उपधारा क देखी ठ सम्मको उदेश्यहरु प्राप्त गर्न        सकिने छ । 
२. कोहि पनि सदस्यहरुलाई आई परेको समस्याहरुमा संस्थागत सहयोग गरिने छ । 
३. कल्याणकारी कोष मार्फत कोही पनि सदस्यको ठूलो रोग लागेमा, पत्रकारिताको      क्रममा दुर्घटना भएमा, अकालमा तथा कालगतिले मृत्यु भएमा तत्काल सहयोग         स्वरुप रु १०,००० सहयोग गरिने छ ।
४. अन्य ठूलो रोग लागेमा वा दुर्घटना भई अंग भंग भएमा अन्य सहयोग जुटाउनको   लागी संस्थागत पहल गरिने छ । 
५. अनलाईन पत्रकारहरुको हक, हित, अधिकारञ र सुविधाको लागि आवश्यक कार्य   गर्ने गराउने । 
for more call ९८५१०१८९२३  /  ९८४१८५१९२५
मुकुन्द ढुंगाना
सस्थापक अध्यक्ष

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१