त्रिशुली बहुमुखी क्याम्पसमा नेबिसंघबाट पारसको नेतृत्वमा उमेद्ध्वारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ फाल्गुन २०७३, सोमबार ०५:२८

नुवाकोट ।  संशोधित कार्यतालिका अनुसार शनिबार सार्वजनिक विदा भए पनि स्ववियु चुनाव हुने बिभिन्न क्याम्पसमा उमेद्ध्वारी दर्ता भएको छ । आठ वर्ष पछि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई÷दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि गर्न लागिए को हो । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रित चुनाव प्रणाली अपनाइएको छ । त्रिविले सार्वजनिक गरेको तालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता, १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । नेपाली काँग्रेसको बिद्यार्थी सङगठन नेपाल बिद्यार्थी संघका इकाइ अध्यक्ष पारस अधिकारीको नेतृत्वमा उमेद्धवारी दर्ता भएको छ । सचिबमा पंकज रोक्का,कोषाध्यक्षमा शान्ती तामाङ रहेका छन । यस्तै सदस्यहरुमा श्रीहरी बोगटी,किरण मगराती,शुसिल अधिकारी,सलिना रिजाल,सुनिता रिजाल र धनराज तामाङको उमेद्ध्वार दर्ता भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१