यसरी भएको थियो आरआर क्याम्पसमा आगजनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०७३, आईतवार ०९:४२

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार विद्यार्थीहरूले रत्नराज्यलक्ष्मी क्याम्पसको स्टोररुममा आगजनी गरेका छन् । आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको हो । तर, आगजनीको कसैले जिम्मा लिएको छैन । आगलागीबाट मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको खबर आजको नयाँ पत्रिकामा छ ।

क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भए पनि निर्वाचन बिथोल्ने उद्देश्यले गैरविद्यार्थीलाई क्याम्पस प्रशासनले प्रवेश दिएपछि लखेट्ने क्रममा झडप भएको नेविसंघका विद्यार्थी नेता उत्तम साउदले दाबी गरे ।

झडपका क्रममा नेविसंघका ऋषि पोखरेल, सूर्य सुवेदी, सुरेश सुवेदी, महेश गौतम, उत्तम साउद घाइते भएका छन् । घाइतेमध्ये सूर्यको अवस्था गम्भीर छ । उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१