अब म भिक्षुणी बन्छु : सोफिया हयात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७३, शनिबार ०७:०१

कुनै समय ‘बोल्ड’ अभिनेत्रीको छवि बनाएकी थिइन्, सोफिया हयातले । तर, अचानक एक वर्षअघि उनले घोषणा गरिन्– अब म भिक्षुणी बन्छु । लगत्तै उनले आफ्नो स्तनको सर्जरी पनि गराइन् । अत्यन्त चर्चामा रहेकी सोफिया त्यसपछि एकाएक हराइन् । अब फेरि यी अभिनेत्री चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो– ट्याटु ।

सोफियाले पैतालामा स्वस्तिक चिह्नको ट्याटु बनाएपछि उनी चर्चामा आएकी मात्र होइनन्, कानुनी झमेलामा पनि फसेकी छिन् । पैतालामा स्वस्तिक चिह्नको ट्याटु देखिएको उनको फोटो सार्वजनिक भएपछि उनीविरुद्ध भारतको मुम्बईस्थित अमबोली प्रहरी स्टेसनमा उजुरी परेको छ ।

यति मात्र होइन, सोफियाले ट्याटु बनाएको कुरा सामाजिक सञ्जालमा हालेपछि अधिकांशले उनको आलोचना गरेका छन् । कतिले त उनलाई देशबाट बाहिर निकाल्नुपर्ने माग पनि गरेका छन् । कतिले चाहिँ यसलाई सोफियाको स्टन्टमात्र भएको प्रतिक्रिया दिएका छन् । यस्तो किन पनि भने भिक्षुणी बन्ने बताएको केही समयमा नै सोफिया फेरि ‘बोल्ड अवतार’मा देखिन थालेकी थिइन् । नयाँ पत्रिका ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१