सनातन परम्परा, हिन्दू सभ्यता र वैदिक मान्यता नै नेपालको राष्ट्रिय पहिचान : अध्यक्ष थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०७३, शनिबार ०६:५६

काठमाडौँ, १४  फागुन  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सनातन परम्परा, हिन्दू सभ्यता र वैदिक मान्यता नै नेपालको राष्ट्रिय पहिचान भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–२ स्थित कामतानाथ शिवलिङ्ग प्राण प्रतिष्ठा तथा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष थापाले नेपाली परम्परा, संस्कार तथा प्राचीन मूल्य मान्यता अहिले सङ्कटमा परेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विदेशी शक्तिले मुलुकको धर्म संस्कृतिलाई कमजोर बनाएर राष्ट्रलाई सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्र गरेको बताउँदै देशको सामाजिक, आर्थिक रुपान्तरणका लागि धर्म, संस्कृति र परम्परालाई मेटाउन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१