राजधानीमा इन्धन अभाव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०७३, बिहीबार ०७:३६

काठमाडौं ,१२ फागुन ।  नियमित भन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् ।

टयाङकर ढुवानी व्यवसायीले दबाबस्वरुप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने आझै रमिते मात्रै भइरहेको छ ।

निगमले आइतबार, सोमबार र मंगलबार नियमित आपूर्तिभन्दा दोब्बर पेट्रोल आपूर्ति गरेको बताएको छ । तर पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ । बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटर भन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०