युद्धस्तरमा काम नगरीए निर्वाचन असम्भब : डा. महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७३, बुधबार १८:२२

नुवाकोट। नेपाली कांग्रेसका नेता एबम पुर्व अर्थमन्त्री डा. रामशरण महतले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको तयारी युद्धस्तरमा गरिनु पर्ने बताएका छन । समय कम भएको र काम धेरै नै भएकोले युद्धस्तरमा काम नगरीए निर्वाचनको सम्भावना कम हुने बताउनुभयो।

नुवाकोटको थप्रेकमा सेट नेपाल नामक सस्थाले आयोजना गरेको कार्यक्रममा उक्त धारण राख्नु भएको हो।सरकारले स्थानीय तहको निर्वाचन घोषण गरे नयाँ संरचना कस्तो हुने त्यसको जानकारी जनता लाई छैन। “आफू कुन गाउपालिकामा छु कुन वाडमा छु जनतालाई थाहा छैन” आफुले पहिले देखि नै एकपटक पुरानै संरचनामा निर्वाचन गर्नु पर्ने धारण राखेको बताउनु भयो । नयाँ संरचना सार्वजनिक भए पछि फेरी विवाद हुन संभावना छ । मेरोजहिले पनि चाहाना यो क्षेत्र जाहा बाट मलाई प्रतिनिधिको रूपमा पठाउनु भयो यहाँको जनताको भावना अनुसार काम गर्नु पर्ने आफ्नो दायित्व र जिम्मेवारी रहेको बताउनु भयो।सेट नेपालका अध्यक्ष भिमसेन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उदयजालपा मा बि थप्रेकका सबै विद्यार्थीहरुलाई सस्थाको तर्फबाट स्टेसनरी सामान बितरण गरीएको थियो ।  

कार्यक्रममा नेपाल सास्कृतिक संघ नुवाकोटले लोक गायक रामहरी भण्डारीलाई सम्मान गर्नुका साथै विविध सास्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता रमेशकुमार महत, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति धुर्ब श्रेष्ठ,महासमिति सदस्य रामकृष्ण थापा,डिल्ली प्रसाद ढकाल ,तरुण दल पुर्व केन्द्रिय सदस्य प्रमोद रिमाल,महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ ,नेका जिल्ला सदस्य दिपक परियार र सीता खड्का ने का क्षेत्रीय सचिव रामजी पौडेल नेबि संघ क्षेत्रीय अध्यक्ष कृष्ण मिश्र नेपाल सास्कृतिक संघ नुवाकोटका सभापति सानू केसि, सचिव सुवर्ण मिश्र महाधिवेशन प्रतिनिधि मदन थापा ,तरुण दल जिल्ला कोषाध्यक्ष गणेश कार्की तरुण दल क्षेत्रीय अध्यक्ष शरण घले नेका थप्रेक सभापति प्रकाश पन्डित तरुण दल थप्रेक अध्यक्ष किरण कार्की नेका थप्रेक का नेता बैकुण्ठ खतिवडा उदयजालपा माबीका प्र अ केदार थापा लगायको कार्यक्रम मा सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१