बुद्धिमान तामाङलाई सर्वाधिक मत, कोमलवलीले ल्याइन तेस्रो सर्वाधिक मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७३, बुधबार ०६:५९

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्।
उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।
केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। तेस्रो नम्बरमा गायिका कोमल वली रहिन। उनले १ हजार ८ सय ५७ मत पाइन।
चौथो नम्बरमा धवलशमशेर राणा रहे। उनले १ हजार ७ सय ३९ मत प्राप्त गरे। राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरे। उनी पाँचौ नम्बरमा रहे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०