बज्जिका भाषीले मनायो विश्व भाषा दिवस विभिन्न कार्यक्रम गरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७३, बुधबार ०६:३६

दिनेश संगम /  रौतहट । भाषाको विकास नै देशको विकासको मेरुदण्ड भन्ने मुलनाराका साथ विश्व भाषा दिवस विभिन्न कार्यक्रम मनाएको छ । ग्रामिण शिक्षा विकास नेपालको आयोजनामा आज मंगलवार रौतहट जिल्लाको सदरमुकाम गौरमा विभीन्न कार्यक्रम गरि बज्जिका भाषा विकास समारोह २०७३ भव्यताका साथ मनाएको हो ।
विश्व मातृभाषा दिवसको अवसरमा आयोजित उक्त समारोहमा विभिन्न किसीमके बज्जिका लोकगित, झाकी तथा नृत्यहरु प्रर्दशन गरिएको थियो ।
विश्व मातृभाषा दिवसके अवसरमा आयोजना गएको कार्यक्रममा लोप हुन लागेको लोक संस्कृतीको बारेमा नया पुस्तामा जानकारी तथा परापुर्व कालबाट चल्दै आएको धार्मिक आ सांस्कृतीक परम्परा झल्कने कार्यक्रमसवको प्रदर्शन गरिएको थियो । आधा बारा, रौतहट, सर्लाही, महोतरीको साथै भारतको विहार राज्यको सितामढी, शिवहर, मुजफरपुर लगायतको क्षेत्रमा बोलिने बज्जिका भाषाको जगेरणा गर्न बज्जिका भाषा विकास समारोहके आयोजना गरिएको आयोजग संस्थाका कोषाध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ ।
बज्जिका भाषा संस्कृतीको संरक्षण तथा संवर्धन गर्ने उदेश्यका साथ विश्व मातृभाषा दिवसके अवसर पारी यूनेस्कोका लागी नेपाल निमित राष्ट्रीय सचिवालय, जिल्ला विकास समिती रौतहट, गौर नगरपालीका गौरी शंकर यादव रौतहट क्याम्पस गौरको सहयोगमा मनाएको छ ।
यस अवसरमा फागुन ७ गते विद्यलाय स्तरीय कवडी प्रतियोगित, ८ गते बज्जिका भाषा विद्यालय स्तरीय कविता प्रतियोगता समेत गरिएको थियो । कवडी प्रतियोगतमा विजेता जुद्ध उमावि गौरको कवडी टिम र रनरअफ सरस्वती उमावि पिप्रा भलोहीया को कवडी टिमलाई आजको कार्यक्रममा पुरस्कार सिल्ड प्रदान गरिएको थियो भन्ने कविता प्रतियोगीताका प्रथम खुश्वु रजक मावि टिकुलीया, दितिय राजकिशोर साह मावि झुन्खुनवा, तृतिय आराध्या पटेल जुमावि गौर र सान्तावा वनवारी दास मावि ब्रहम्पुरी लगायतलाई पुरस्कार समेत प्रदान गरिएको र आजै विभिन्न स्कुलहरुको हजारो विद्यार्थी शिक्षकहरुको सहसभागीतमा प्रभात फेरी गरेको आयोजकले जनाएको छ ।
कार्यक्रम युनेस्को नेपालका लागी निमित राष्ट्रिय सचिवालयको काठमान्डौका सहायक माहासचिव डाँ. कमलेश्वर सिन्हाँको प्रमुख आतिथ्य तथा ग्रामिण शिक्षा नेपालका अध्यक्षा रामा यादव अध्यक्षतामा सम्पन्न भएको थियो भन्ने संयोजन योगेन्द्र यादवले गरेका थिए ।
उक्त कार्यक्रममा बज्जिकाञ्चल क्षेत्र भित्र विभिन्न क्षेत्रमा आफ्नो अहम योग्दान गरेको भन्दै गौरी शंकर यादव, बन्सी राम जैसवाल, कृष्ण बहादुर पाण्डे, बज्जिका पत्रकार संघ, सर्लाही सिडिओ प्रदिप राज कडेल र बज्जिका वाणी डटकमलाई सम्मानित गरिएको आयोजले बताएको छ ।
जिल्ला शिक्षा कार्यालय रौतहटका श्रोत व्यक्ति विन्देश्वर साह, परुषोत्म मिश्रा नगरिक समाजके विजय किशोर झा, समाजसेवी भाई नविन कुमार सिंह, बज्जिका शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्दर यादव, प्रतिमा उपन्यासका लेखक कलाकार विजय यादव निर्विज, बज्जिाका शिक्षा रामसागर साह, नेपाल शिक्षक संघके केन्द्रय सदस्य मिना यादव, गौर नपा.का योजना अधिकृत विनोद पासवान, जिल्ला कृषी कार्यालय रौतहटका जादोलाल साह लगायतका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो भन्ने कार्यक्रमको संचालन धमेन्द्र साह र संजय सुदामाले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१