संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटद्रारा बिशाल मशाल जुलुश प्रर्दशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०७३, बुधबार ०६:३३

अभिमनु कुमार पटेल / रौतहट  । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटद्रारा आज रौतहटको सदरमुकाम गौरमा मशाल बिशाल जुलुश प्रर्दशन गरिएको छ ।
गौर न.पा.को मधेशी क्रान्ति चौक देखि निकालिएको रैली नगर परिक्रमा गरी क्रान्तिद्रार नजिक कोणसभामा परिणत भएका छन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रधानमन्त्री बिच विगतको दिनमा भएको समझौता संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको र संशोधन प्रस्ताव पास नगरी मधेशी जनताहरुको हकअधिकारलाई लतियाएर , दर्जनौ सहिद मधेशी पुत्रको साहदतलाई कुनै वस्ता नराखी यो देशमा स्थानिय निवार्चन बैशाख ३१ गते गराउन घोषणा गरेको विरोधमा मोर्चाले केन्द्रीय कार्यक्रम अनुसार आज बेलुका ६ बजे सदरमुकाम गौरमा मशाल जुलुस प्रर्दशन गरी भोली बुधवार मधेश बन्द गर्न अब्हान गरेका छन ।
बिरोध मशाल जुलुश कार्यक्रम मोर्चाका संयोजक रामनिवास यादवको नेतृत्वमा सो कार्यक्रममा मोर्चाका नेता अजय गुप्ता , योगेन्द्र राय यादव, बबन सिंह, बाबुलाल साह, ध्रमेन्द्र पटेल, अरुण सिंह, अनिल सिंह, प्रकाश भाई, श्यामविहारी यादव, धन्नजय मिश्र , शेख जमशैद, अरविन्द यादव, शेख नुरुल्लहोदा, कौशल खान मिथिला, रामअधार यादव, रामप्रवेश दास, महिला नेतृ शोभा साह, गिता महतो, अम्बिया खातुन लगायत हजारौको नेता कार्यकर्ताहरुको सहभागिता रहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१