८८ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको ईजाजत खारेज ( कुन – कुन नामावली सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार २०:१८

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पुस  मसान्तसम्ममा ८८ वटा बैंक तथा फाईनान्स कम्पनीहरुको ईजाजत खारेज गरेको छ ।

राष्ट्र बैंकले झण्डै चार बर्ष अघि वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर तथा प्राप्ति नीति कार्यान्वयनमा ल्याएसगै यति ठुलो परिमाणमा बैक तथा फाईनान्स कम्पनीहरुको ईजाजत खारेज गरिएको हो ।

राष्ट्र बैंकका अनुसार २०७३ पुस मसान्तसम्ममा कुल एक सय ३० वटा बैंक तथा फाईनान्स कम्पनीहरु (घ वर्गका सहित) मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ८८ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४२ संस्था कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी खारेजीमा जानेहरुमा बाँणिज्य बैंक र लघुबित्त बिकास बैंकहरुको संख्या निकै नै न्युुन रहेको छ भने फाईनान्स कम्पनीहरुको संख्या अत्याधिक रहेको छ ।

खारेजीमा जाने बाँणिज्य बैकहरुमा तत्कालीन किष्ट बैंक, ग्राण्ड बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, एनआईसी बैंक, बैंक अफ एशिया नेपाल, लुम्बिनी बैंक रहेका छन । यसमध्ये किष्ट र ग्राण्ड बैंक प्रभु बैंकमा मर्ज भएपनि खारेजीमा गएको हो भने कर्मज एण्ड ट्रष्ट ग्लोवल आईएमईमा मर्ज भएपछि खारेजीमा गएको हो ।

यसैगरी एनआईसी एशिया र बैंक अफ एशिया मर्ज भई एनआईसी एशिया बैंक बनेपछि यसको अघिको दुुबै बैंकको नाम खारेज भएको हो । पछिल्लो बैंक अफ काठमाडौ र लुम्बिनी बैक मर्जर भएको बैक अफ काठमाडौ लुम्बिनी बनेसंगै यसअघिको दुबै नाम खारेज भएको छ ।

तर पछिल्लो समय उक्त बैकले पुन बैंक अफ काठमाडौको नाउँमा कारोवार गर्ने तयारी गरेपछि यसको लुम्बिनी बैंकको ईजाजत खारेज हुुने देखिएको छ ।

यसबाहेक हिमालयन फाईनान्स, शुुर्यदर्शन फाईनान्स, सम्झना फाईनान्स, एच एण्ड बी बैंक, सोसाईटी डेभलपमेन्ट बैंक, लोटस फाईनान्स, बुुटवल फाईनान्स, एल्पीक फाईनान्स, सिएमबी फाईनान्स प्रभुु फाईनान्स, पुर्वाञ्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, नेपाल बिकास बैंक लगायतका संस्थाहरुको ईजाजत खारेज भएको छ ।

यसमध्येमा धेरैजसो जसो संस्था मर्जर वा प्राप्तीमा गएकाकारण ईजाजत खारेज गरिएको छ भने केही लिक्वीडेसनमा गएसंगै ईजाजत खारेज गरिएको छ ।

ईजाजत खारेज भएका केही बैंक तथा फाईनान्स कम्पनीहरु हेर्नोस तालिकामा
क्रस संस्थाको नाम
१ किष्ट बैक
२ ग्राण्ड बैक
३ कर्मज एण्ड ट्रष्ट बैक
४ एनआईसी बैक
५ बैंक अफ एशिया नेपाल लिमिटेड
६ लुम्बिनी बैंक
७ प्रभुु फाईनान्स
८ सिएमबी फाईनान्स
९ बुुटवल फाईनान्स
१० एल्पीक फाईनान्स
११ लोटस फाईनान्स
१२ नेपाल आवास बित्तीय संस्था
१३ एच एण्ड बी बैंक
१३ भिवोर बैंक
१४ सोसाईटी डेभलपमेन्ट बैंक
१५ नेपाल बिकास बैंक
१६ सम्झना फाईनान्स
१७ शुुर्य दर्शन फाईनान्स
१८ एपेक्स डेभलपमेन्ट बैंक
१९ सुप्रिम डेभलपमेन्ट बैंक
२० ईन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक
२१ इन्टरनेशनल डेभलपमेन्ट बैंक
२२ हिमालय फाईनान्स
२३ बैभव फाईनान्स
२४ पुर्वाञ्चल बिकास बैंक
२५ मध्यमाञ्चल ग्रामिण बिकास बैंक
२६ सुदुुर पश्चिमाञ्चल ग्रामिण बिकास बैंक
२७ पशुुपती बिकास बैंक
२८ क्लिन इर्नर्जी डेभलपमेन्ट बैंक
२९ ओम फाईनान्स
३० शाईन डेभलपमेन्ट बैंक
३१ रेशुुंगा डेभलपमेन्ट बैंक
३२ कास्की फाईनान्स

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१