निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले गर्यो स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार १५:०६

काठमाडौं, । नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । साथै उसले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

केन्द्रीय कार्यालयमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले निर्वाचनको मिति घोषणा गर्ने निर्णयको स्वागत गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न एमालेको आग्रह छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०