वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने : प्रमुख निर्वाचन आयुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार १४:५५

काठमाडौं,१० फागुन  । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । अब एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने र सुरुवा-बढुवा एवं नियुक्तिहरु गर्न नपाइने स्पष्ट पारेका छन्।

आयोगले निश्पक्ष, स्वतन्त्र एवं स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै यादवले भने, ‘हामी स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन गर्छौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने यादवले बताए ।

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन देश र जनताका लागि अति आवश्यक रहेको बताउँदै  ‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१