प्रधानमन्त्री प्रचण्डबाट पत्रकार स्तम्भको अनावरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार १४:३५
स्थानीय निर्वाचन सफल बनाउन सञ्चारमाध्यमलाई आग्रह

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारग्राममा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियाले उपर्युक्त बातावरण बनाउन आग्रह गर्नुहुँदै गणतन्त्र सुदृढ र संस्थागत नभएसम्म खतराहरु ल्याउनेतर्फ ठूलो तप्का लागेको बताउनुभयो ।
दिवंगत तथा संघर्षशील पत्रकारको स्मृति र सम्मानमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको कापी–कलम अंकित पत्रकार स्तम्भको अनावरणपछि बोल्नुहुँदै प्रम प्रचण्डले १९ बर्षदेखि स्थानीय निकायमा निर्वाचन नहुँदा अनेकन विकृति र विसंगतीहरु मौलाएको, चुनौतीकावीच सरकारले स्थानीय निर्वाचनको घोषणा गरेको र गणतन्त्रको अनुभूति गर्नेगरी प्रतिफल दिन सक्ने अवस्थाको निम्ति चुनाव हुनैपर्ने र यसबाट गणतन्त्रको उपलब्धि संस्थागत हुने बताउनुभयो ।
संविधानको घोषणाले सिंहदरवारको अधिकार जनतासम्म पुगेको र युद्धदेखि जनआन्दोलनसम्म पत्रकारको उल्लेखनीय भूमिका रहेको स्मरण गराउँदै प्रेस स्वतन्त्रता, प्रेस नीतिनियमको निर्माणका साथै प्रोत्साहनको लागि सरकार गम्भिर रहेको र काउन्सिलको पछिल्लो विद्युतीय माध्यम अभिलेखीकरण लगायतका गतिविधिले विसंगतिविरुद्ध ठूलो सन्देश दिएको बताउनुभयो । आबश्यक रायसुझाव दिन आग्रह गर्नुको काउन्सिललाई धन्यबाद प्रकट गर्नुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बलिदानीको कदरस्वरुप निर्मित पत्रकार स्तम्भ अनावरण कार्यक्रममा सकारात्मक आलोचनाबाट समाजलाई पारदर्शी बनाउँदै जनता र राजनेतालाई दिशाबोध गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्र्णबहादुर कार्कीले स्वस्थ, मर्यादित पत्रकारिताको विकासका लागि काउन्सिलले निरन्तर प्रोत्साहनका कार्यक्रममा जोड दिएको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सशस्त्र द्वन्द्वपछि शंकास्पद र बेपत्ता गरी ३६ जना पत्रकारले ज्यान गुमाएका बताउनुहुँदै ऐतिहासिक नेपालको संविधानको कार्यान्वयनमा सवै पक्ष गम्भिर हुनुपर्ने धारणा राख्नुभयो ।
बिश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नुहुँदै बिद्युतीय सञ्चारमाध्यममा अलि अराजकता मौलाएको बताउनुहुँदै ऐतिहासिक संविधानसभा निर्वाचन ताका प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन गरेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१