सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा खान नपाईने !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार १४:१९

काठमाडौं,१० फागुन  । सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ । सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ ।

साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ । मन्त्रीपरिषद्बाट सोमबार पारित भएको नितिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तिमा १ लिटर भन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भनिएको छ । एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईनुका साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाईने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१