मुटु तथा रक्तनली सम्वन्धि रोगको उच्चस्तरीय उपचार र चेतनाका लागि भास्कुलर सोसाईटी अफ नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० फाल्गुन २०७३, मंगलवार ०९:२४

काठमाडौँ ।  नेपालमा मुटु तथा रक्तनली सम्वन्धि रोगको उच्चस्तरीय उपचार सेवा र चेतना दिने उद्देश्यका साथ भास्कुलर सोसाईटी अफ नेपालको स्थापना भएको छ । डा उत्तमकृष्ण श्रेष्ठको अध्यक्षतामा मुटु तथा रक्तनलीका चिकित्सकहरु संगठित भएका हुन् । श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक समेत रहेका छन् । कार्यसमितिको उपाध्यक्षमा प्राडा किरण श्रेष्ठ र सचिवमा डा सन्दीपराज पाण्डे र सहसचिवमा डा रविनमान कर्माचार्य र कोषाध्यक्षमा डा कजनराज श्रेष्ठ रहेका छन् ।

कार्यसमितिको सदस्यहरुमा डा अनिल भट्टराई, डा रबीकुमार बराल, डा सम्पूर्णमान तुलाधर, डा मोहन देवभण्डारी, डा रबिन्द्रभक्त तिमला रहेका छन् । सोसाईटीका अध्यक्ष डा श्रेष्ठले रक्तनली सम्वन्धी अध्ययन अनुसन्धान, उपचारमा सहयोग पुरयाउन संगठित भएको बताए ।

आम सर्वसाधारणलाई रक्तनली सम्वन्धि रोगको जनचेतना जगाउने साथै मोफसलमा रहेका चिकित्सकहरुलाई यस रोगको उपचार पद्धतीका थप अध्ययन अनुसन्धान र उपचारमा सहभागी गराउने मुख्य उदेश्य भास्कुलर सोसाईटी अफ नेपालको रहेको छ । संस्थाका सल्लाहकारमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइराला रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१