अदालतमा देउवा आतंक ! कहिलेसम्म ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०९:२९

काठमाडौं,९ फागुन  । नेपाल प्रहरीमा तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि आक्रोेशित भएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग दर्ता गर्ने तहसम्म ओर्लिएको समाचार छ ।

स्रोतका अनुसार, ०७३ फागुन १ गते चन्दको आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि रन्थनिएका देउवा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यकारी प्रमुख ९सीइओ०मा सुशील ज्ञवालीलाई नै सर्वोच्चले पुनर्वहाली गर्ने चर्चा समेत चलेपछि यदि त्यसो गरे प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग दर्ता गर्ने सन्देश पुर्‍याएको बताइन्छ ।
जसकारण प्रधानन्यायाधीश कार्कीले ०७३ फागुन २ गते ज्ञवालीको मुद्दा हेर्दैआएका न्यायाधीशद्वय हरिकृष्ण कार्की र जगदिश शर्मा पौडेललाई बोलाएर उक्त मुद्दा पन्छाउन निर्देशन दिएको बताइन्छ ।साँघु साप्ताहिकमा खबर छ ।

महाभियोग अस्त्रले आतंकित भएपछि ज्ञवालीको मुद्दामा अन्तरिम आदेश हुन नुसकेको स्रोतको दावी छ । स्रोतका अनुसार, प्रधानन्यायाधीशले मुद्दा पन्छाउन भनेपछि न्यायाधीशद्वय कार्की र पौडेलले उक्त मुद्दामा अन्तरिम आदेश पनि दिएनन् र खारेज पनि गरेनन् । सरकारले गरेको निर्णय ठीक थियो भने रिट खारेज गर्नुपर्ने थियो र बेठीक थियो भने अन्तरिम आदेश दिनुपर्दथ्यो तर दिइएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१