तेल चोर्न कडाइ गरिएपछि हडताल कहिले सम्म ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ फाल्गुन २०७३, सोमबार ०८:२१

काठमाडौं,९ फागुन ।  ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण शुक्रबार, शनिबार र आइतबार पम्पमा लामो लाइन लागेको छ । ट्यांकर चालकले विभिन्न १५ बुँदे माग निगमसमक्ष राखेका छन् ।

तेल चोर्न कडाइ गरिएपछि हडताल
आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्यांकरबाट २ सय लिटरभन्दा बढी तेल कम देखिए चालकले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवानाबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । निगमले बीचबाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१